रुपन्देही पुगे रास्वपाका सांसदहरु , सभापति लामिछानेसँगको भेटपछि संसदीय दलको बैठक

काठमाडौं, १४ साउन । रास्वपाका सांसदहरु रुपन्देही पुगेका छन् । भोलि (बुधबार) रुपन्देहीमा नै रास्वपाको संसदीय दलको बैठक बस्ने भएको हो । सो बैठकका लागि आज नै सो दलका सांसदहरु त्यहाँ पुगेका हुन् ।

सांसद निशा डाँडीले रुपन्देही पुगेको जानकारी फेशबुकमार्फत दिएकी छिन् । पार्टीका सभापति रवि लामिछाने यतिवेला रुपन्देहीमा जेलमा छन् । पार्टी सभापति लामिछानेसँग भेट्ने र त्यही जिल्लामा दलको बैठक बस्नेगरि उनीहरु आज त्यहाँ पुगेका हुन् ।

संसदीय दलको सो बैठकमा आगामी कार्तिक १७ गते हुने रुपन्देही क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनको उम्मेद्वार पनि तय गर्ने बुझिएको छ । केन्द्रमा संसद्मा रास्वपा यतिवेला आन्दोलित छ । रास्वपा भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिनको माग गर्दै आन्दोलित छ । अहिले संसद् बैठकमा रास्वपाको दैनिकी बैठकमा भाग लिने, उठ्ने र आफ्नो भनाई राख्ने र बहिष्कार गर्ने बनेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖