“माइतीघर”का प्रमुख कलाकारहरु देशव्यापी रुपमा दर्शकसँगै बसेर फिल्म हेर्ने अभियान
इटहरी । आगामी दशैंको अवसर पारेर असोज १३ गते (फुलपातीको दिन) बाट देशभर प्रदर्शनमा आउन लागेको बहुप्रतिक्षित नेपाली फिल्म ‘माइतीघर’ को प्रचारप्रसारलाई आक्रामक बनाइएको छ ।
निर्माता रोहित अधिकारीका अनुसार यसपालि फिल्मका प्रमुख कलाकारहरु देशव्यापी रुपमा दर्शकसँगै बसेर फिल्म हेर्ने अभियानलाई विशेष प्राथमिकता दिने बताएका छन् ।
फेसबुकमार्फत उनले लेखेका छन्:
“माइतीघर फिल्म दर्शक सङ्गै बसेर हेर्न यपालि सम्पुर्ण कलाकार हरु सहित पुर्ब का सम्पुर्ण हल हरु पोखरा चितवन बुटवल दाङ नेपालगन्ज सुर्खेत धनगडि सबै तिर प्रकास सपुत, धिरज मगर, केदार प्रशाद घिमिरे (माग्नेबुढा), उपासना सिङ ठकुरी, युबराज लामा, बुद्धि तामाङ लगाएत आउदै हुनुहुन्छ तपाईहरुको परिवार र हाम्रो माईतिघर परिवार बिच रमाईलो गर्दै दशै मनाउ सङ्गै बसेर सिनेमा हेरौ…पारिवारिक फिल्म प्राण भन्दा प्यारो माईतिघर ३० सेकेन्ड को मोशन पोस्टर भोलि” ।
निर्माता अधिकारीले फिल्मको ३० सेकेन्डको मोसन पोस्टर पनि भोलि आइतबार सार्वजनिक हुने जानकारी दिएका छन् । ‘माइतिघर’ मिलन तामाङको निर्देशनमा तयार भएको र रोहित अधिकारी फिल्म्सको ब्यानरमा निर्माण गरिएको पारिवारिक भावनाले भरिएको फिल्म हो ।



