मेयरका श्रीमानको कारण फतुवा विजयपुरको नगर सभा अन्योलमा

सञ्जय मिश्रा/रौतहट, २० साउन। रौतहटको फतुवा विजयपुर नगरपालिकामा राजनीतिक नेतृत्वको कमजोरी र व्यक्तिगत स्वार्थका कारण नगरसभा अन्यौलमा परेको छ।

स्थानीय सरकार सञ्चालन ऐनअनुसार प्रत्येक वर्ष असार १० गतेभित्र नगर सभा सम्पन्न गर्नुपर्ने प्रावधान रहे पनि चालू आर्थिक वर्ष २०८२र८३ को नगर सभा अझै हुन सकेको छैन,। समयमा नगरसभा नहुनुले नगरको समग्र प्रशासनिक र विकासात्मक कार्य प्रभावित पारेको छ।

पटक–पटक मिति तय गर्दा पनि नगर सभा हुन नसक्नुको प्रमुख कारण राजनीतिक विवाद र बजेटको बाँडफाँटमा असहमति देखिएको हो। वडास्तरीय योजना तथा प्राथमिकता अनुसार विषयगत समितिमा योजना पुग्न नसक्दा बजेट निर्माण प्रक्रिया थला परेको छ। वार्षिक योजना भन्दा बाहिरका केही योजनाहरूलाई व्यक्तिको हितअनुसार पुनः बजेटमा समावेश गर्ने प्रयास भएपछि विवाद गहिरिँदै गएको हो।

प्रमुख प्रशासकीय अधिकृत भरतप्रसाद यादवका अनुसार वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरू नगरसभा गर्न तयार भए तापनि कार्यवाहक मेयर अम्बेया खातुनका श्रीमान् मोहम्मद सेराजको हस्तक्षेपका कारण प्रक्रिया अघि बढ्न सकेको छैन। कार्यवाहक मेयर खातुनले बजेटको विषयमा एकलौटी निर्णय लिन खोजेको आरोप समेत लागेको छ।

वडा नम्बर २ का अध्यक्ष अनिरुद्ध यादव सञ्जयले कार्यवाहक मेयर खातुनले स्वच्छ प्रक्रियागत तरिकाबाट अघि बढ्न नचाहेको र कार्यपालिका बैठकमा योजना तथा बजेटको प्रतिवेदनसमेत पेश नभएको बताउँछन्। वडाबाट तर्जुमा भएर आउनुपर्ने योजनाहरू नै विषयगत समितिसम्म नआउँदा नगर सभा अनिश्चित भएको हो।

नगर सभा नभएकै कारण हाल नगरपालिकाले न नयाँ योजना कार्यान्वयन गर्न सकेको छ, न त चालु कार्यक्रमलाई निरन्तरता दिन सकेको छ। दैनिक प्रशासनिक कार्यका लागि आवश्यक स्टेसनरी देखि लिएर जनताको अत्यावश्यक सेवा, दैवीप्रकोप राहत र स्वास्थ्योपचारका लागि आवश्यक औषधि समेत खरिद गर्न सक्ने अवस्था छैन। 

यद्यपि, नागरिकताको सिफारिस, जन्मदर्ता, नाता प्रमाणिकरण जस्ता नियमित सेवा भने कतै–कतैबाट दिइएको जनाइएको छ।

मेयर गुमाएपछि अस्तव्यस्त

नेपाली कांग्रेसबाट निर्वाचित नगर प्रमुख गोपालराय यादव भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट दोषी ठहरिएपछि पदमुक्त भएका थिए। त्यसपछि उपमेयर अम्बेया खातुन कार्यवाहक प्रमुख बनेकी हुन्। तर, खातुन कार्यवाहक बने देखि नै उनको श्रीमानको हस्तक्षेपको कारण नगरपालिकाको कामकाजमा थप अन्योलता देखिएको स्थानीय जनप्रतिनिधिहरू बताउँछन्।

समयमै बजेट नआउँदा शिक्षक, कर्मचारीहरूले समयमै तलब नपाउने अवस्था छ। नगरपालिकामा विकास योजनाको तर्जुमा वडास्तरमै रोकिएको छ। असार १० गतेभित्र बजेट ल्याउन नसक्नु स्वयं स्थानीय सरकार सञ्चालन ऐनको उल्लंघन मात्र होइन, जनताको सेवामा गम्भीर बाधा सिर्जना हो।

फतुवा विजयपुर नगरपालिकामा देखिएको राजनीतिक टकराव र प्रशासनिक अस्थिरता जनताको आधारभूत सेवामा बाधक बनिरहेको छ। नगर सभा सम्पन्न नगरी बजेट पारित हुन नसक्दा शिक्षा, स्वास्थ्य र विकासका प्राथमिक कार्यहरू ठप्प छन्। यो अवस्था तत्काल समाधान नभए, सिङ्गो नगरको शासकीय ढाँचा धरासायी हुने खतरा देखिन्छ।

कार्यवाहक मेयरकै श्रीमान सेराजको कमिसन मोहको कारण गत आर्थिक बर्षमा राष्ट्रपती शैक्षिक सुधार कार्यक्रम अन्तर्गत तीनवटा बिद्यालय भवन निर्माणका लागि आएको एक करोड ६५ लाख रुपैयाँ फ्रिज भएको थियो।

तत्कालीन मेयर यादवको पद गएपछि कार्यवाहक मेयर खातुन लाई चिठ्ठा परेको जस्तो उनको श्रीमान सेराजको बुझाई रहेको छ। जनतासँग जोडिएको काम तथा विकास निर्माणमा ध्यान दिनुको सट्टा सेराज दैनिकजसो आर्थिक अनियतितामा लागिपरेको नगरवासीले गुनासो गर्दै आएका छन्।

२०७९ को स्थानीय निर्वाचनमा फतुवा विजयपुरमा नेपाली कांग्रेसको टिकटबाट मेयर, उपमेयर सहित ७ जना वडा अध्यक्ष निर्वाचित भएका थिए। तत्कालीन मेयर गोपाल यादवको नेतृत्वमा प्रायः नगरपालिकाको काम काज तुलनात्मक रूपमा निकै राम्रो चलेको नगरवासीको अनुभुति रहेको छ तर मेयर निलम्बित भएसंगै कार्यवाहक मेयर अम्बेया खातुनको श्रीमान महमद सेराजको हस्तक्षेप सुरु भएको थियो।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖