ओलीलाई समर्थन गर्नु अहिलेको वस्तुस्थिति हो, व्यक्तिपूजा होइन्ः भट्ट

महेन्द्रनगर, साउन २३ । नेकपा एमालेका सचिव लेखराज भट्टले पार्टी अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वलाई देवत्वकरणको गरिएको भनि व्याख्या गर्नु अनुचित हुने बताएका छन् ।

 

वर्तमान राजनीतिक परिस्थितिमा ओलीको नेतृत्व अपरिहार्य आवश्यकता भएको भएको उहाँको नेतृत्व आवश्यक रहेको भट्टले बताए । 

 

कञ्चनपुरको महेन्द्रनगरमा आयोजित प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश कमिटीको प्रशिक्षण कार्यक्रममा बोल्दै सचिव भट्टले अध्यक्ष ओलीलाई चाँडै बुझ्न कठिन भए पनि उनले चालेका कदमको अर्थ समयसँगै स्पष्ट हुने अद्भुत क्षमता भएको उल्लेख गरे ।

 

उनले भने, ‘ओलीलाई समर्थन गर्नु अहिलेको वस्तुस्थिति हो, व्यक्तिपूजाबाट प्रेरित होइन्।’

 

भट्टले नेकपा एमाले हाल वैचारिक, सैद्धान्तिक र सांगठनिक दृष्टिले मुलुकको कम्युनिष्ट आन्दोलनको केन्द्रमा रहेको बताए । त्यसको सम्भावना र नेतृत्व अध्यक्ष ओलीकै हातमा रहेको पनि उनले स्पष्ट पारे । 

 

‘राष्ट्रियताका लागि अहिलेको नेतृत्व केपी ओली हो र उहाँ नै हुनुहुन्छ, शक्ति, संगठन र जनसमर्थनको हिसाबले एमाले देशको एक नम्बर पार्टी हो,’ उनले भने ।

 

एमालेभित्र केही आन्तरिक समस्या रहेको स्वीकार गर्दै सचिव भट्टले पार्टीले आत्मसुधारमार्फत ती समस्याहरूलाई समाधान गर्ने दिशामा अघि बढ्नुपर्ने धारणा राखेका छन । उनले अध्यक्ष ओलीको सक्रियता, संकल्पशक्ति र नेतृत्व क्षमतालाई जोड दिंदै ओलीजस्तो खट्ने, सपना देख्ने र निरन्तर सक्रिय रहने नेता नेपालमा नभएको दाबी गरे ।

 

गणतान्त्रिक व्यवस्थाको संरक्षण र राष्ट्रपतिको गरिमा कायम राख्न पार्टी प्रतिवद्ध रहेको उल्लेख गर्दै भट्टले राष्ट्रपतिको पदलाई सम्मानित रूपमा राख्न पुर्वराष्टपतिलाई सक्रिय राजनीतिमा नआउन अनुरोध गरेको उनले जनाएका छन । ‘गणतन्त्रको गरिमा र गौरवका रूपमा राष्ट्रपतिको सम्मान गर्ने निर्णय हामी गरिसकेका छौं,’ उनले भने ।

कार्यक्रममा बोल्दै सचिव भट्टले पार्टीभित्र बैठकमा समर्थन जनाउने तर बाहिर आलोचना गर्ने प्रवृत्तिले संगठनलाई कमजोर बनाउने भन्दै त्यसले कुनै राजनीतिक मूल्य नहुने धारणा पनि राखेका छन ।

 

यसैबिच, कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेले पनि ओलीको नेतृत्वलाई राष्ट्रको आवश्यकता भएको धारणा राखेका थिए । उनले वर्तमान राजनीतिक, सामाजिक र राष्ट्रिय चुनौतीको सामना गर्न सक्षम एक मात्र नेता प्रधानमन्त्री ओली भएको स्पष्ट पारे । 

‘अहिलेको चुनौतीको सामना गर्न दृढ, स्पष्ट र निडर नेतृत्व ओलीसँग मात्रै छ,’ उनले भने । उनले प्रेस चौतारी नेपालले पत्रकारिताको नयाँ दिशा निर्माणमा नेतृत्व लिनुपर्ने आवश्यकता औँल्याउँदै वर्तमान युग प्रविधिमैत्री र न्यू मिडिया अनुकूल पत्रकारिताको युग भएको बताए । अध्यक्ष पाण्डेले प्रेस चौतारीको उद्देश्य केवल संगठन विस्तारमा सीमित नरहेको स्पष्ट पार्दै समाजको आवश्यकता, जनताको चाहना र सत्यको पक्षमा अडिग सूचना प्रवाह गर्न सक्षम पत्रकारिता निर्माण गर्न आफूहरू संलग्न रहेको उल्लेख गरे ।

 

उक्त प्रशिक्षण कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, पोलिटब्युरो सदस्य निरुदेवी पाल, प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशी, प्रेस चौतारीका उपाध्यक्ष चेतन अधिकारी, महासचिव हिरामान लामा लगायतको उपस्थिति रहेको छ । 

 

प्रदेश अध्यक्ष नरेन्द्र कार्कीका अनुसार सो प्रशिक्षण कार्यक्रममा प्रदेशभरका चौतारी प्रतिनिधिहरू, पत्रकार र पार्टीका प्रचार विभागमा संलग्न कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको छ। कार्कीले प्रशिक्षणमा संगठन सुदृढीकरण, सशक्त सञ्चार रणनीति, प्रेस स्वतन्त्रताको सुदृढीकरण र आगामी कार्ययोजनाबारे गहिरो छलफल गरिने जानकारी दिए ।

 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।