विजय बरालको रापतापले फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ लाई बनाउला हिट ?

काठमाडौं । नेपाली फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ भदौ ६ गते रिलिज हुँदैछ । बलियो लाइनअप रहेको यो फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को मुख्य भूमिकामा विजय बराल छन् ।विजय तीनै अभिनेता हुन्, जो ब्लक बस्टर फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को मुख्य भूमिकामा थिए । ‘पूर्ण बहादुरको सारङ्गी’मा पूर्णबहादुर गन्दर्भको भूमिकामा देखिएका उनको अभिनयको चौतर्फी तारिफ भएको थियो ।‘पूर्ण बहादुरको सारङ्गी’ नेपालमा हालसम्मै सबैभन्दा धेरै ग्रस कलेक्सन गर्ने चलचित्र हो । जसले नेपाल भित्र र बाहिर गरेर करिब पौने एक अर्बको ब्यापार गरेको थियो ।

यो ऐतिहासिक चलचित्रका तीनै मुख्य पात्र विजय बरालको अर्को चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ भदौ ६ मा रिलिज हुँदै छ ।‘पूर्ण बहादुरको सारङ्गी’पछि विजय मुख्य भूमिकामा रहेको चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ हो । यो चलचित्र रिलिज हुँदा ‘पूर्ण बहादुरको सारङ्गी’का अभिनेता विजयको रापतापले काम गर्ला कि नगर्ला भन्ने धेरैमा कौतुहलता छ ।निर्माण पक्ष यो पनि परिवारका सदस्यबीचको इमोस्नल कथा नै रहेको र गाउँले परिवशेषकै कथा भएकाले दर्शकले मन पराउनेमा निर्देशक हिमाल न्यौपाने ढुक्क छन् ।

गाउँलेकै कथा, गरिबीकै कथा, परिवारका सदस्यसँगकै इमोस्नल सम्बन्ध र उही अनुभवी पात्र भएकाले विजयको अघिल्लो चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’लाई जस्तै दर्शकले मन पराउने अभिनेता विजय बरालको विश्वास छ ।हिमाल न्यौपानेले निर्देशन गरेको ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ चलचित्रको असोसिएट निर्देशकमा ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन् ।

राउतले यसअघि ‘प्रेमगीत ३’ मा मुख्य भूमिका निभाएका थिए भने अहिले निर्देशनतर्फ पाइला चालेका छन् ।फिल्ममा विजयसँगै मिरुना मगर, केकी अधिकारी, सुशांक मैनाली, गौरव पहाडी, भोलाराज सापकोटा, रियर राई, तारा शर्मा, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालागायतको अभिनय रहेको छ ।पेपरक्लिपको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् ।

थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीको संगीत रहेको चलचित्रमा नवीन गुरुङ डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी रहेको छ ।चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । दिनेशबहादुर राउत मुख्य सहायक निर्देशक रहेको सिनेमामा तर्कराज न्यौपाने, रवीन्द्र नेपाल, मोनिका थापा र आकाश के.सी सहायक निर्देशक रहेका छन् । चलचित्रका निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल हुन् ।

गोविन्द शाहीको काफिया फिल्मसले वितरणको जिम्मा लिएको छ ।अलटाइम ब्लकबस्टर चलचित्र ‘पूर्णबहादुरको सारंगी’पछि विजय बरालको मुख्य भूमिकामा आउन लागेको यस वर्षको यो पहिलो चलचित्र हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖