अशोक राई र राजेन्द्र महतोको पार्टी बिच कार्यगत एकताको घोषणा, पार्टी एकीकरणको उदेश्य

काठमाडौं, २९ साउन ।अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीबीच कार्यगत एकता घोषणा भएको छ।

काठमाडौंमा आयोजित एक कार्यक्रमका बिच दुबै पार्टीका अध्यक्ष क्रमश: राई र महतोले  कार्यगत एकताको घोषणा गर्दै हस्ताक्षर गरेका हुन्।
 
भावी दिनमा दुई पार्टी बिच एकीकरण गर्ने उदेश्यसहित तत्काललाई भने कार्यगत एकता गरिएको बताएका छन् ।
 
कार्यगत एकताको सहमति पत्रमा जसपा अध्यक्ष राई र रामुपाका अध्यक्ष महतोले हस्ताक्षर गरेका छन्।
 
राई उपेन्द्र नेतृत्वको जसपा नेपालबाट अलग भएर केपी ओली नेतृत्वको सरकारमा छन भने महतो महन्थ ठाकुर नेतृत्वको लोसपाबाट अलग भएर मुक्ति पार्टी गठन गरेर पहाडिया समुदाय पनि समेटेर अघि बढी रहेका छन् ।
 
तराई मधेस केन्द्रित संघीय लोकतान्त्रिक मोर्चामासमेत रहेका महतोको नयाँ कदमले सो मोर्चाबन्दी थप अन्यौलमा परेको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖