पूर्व राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा आउन नहुने :मुख्यमन्त्री कार्की

धनकुटा,३० साउन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पूर्व राष्ट्रपतिलाई सम्मानित रुपमा व्यवहार गर्नुपर्ने बताएका छन् ।

शुक्रबार धनकुटामा अखिल नेपाल महिला संघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले पूर्व राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा आउन नहुने चर्चा गर्दै उनलाई सम्मानित व्यवहार गरेर अगाडि बढ्नुपर्ने धारणा राखे ।

नेकपा एमाले निर्माणमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको योगदान उल्लेख्य रहेको चर्चा गर्दै उनको योगदानलाई हामीले सम्मान गर्नुपर्ने मुख्यमन्त्री कार्कीले बताए ।

मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारले उद्दमशीलता विकासका लागि विभिन्न काम गरेको जानकारी पनि दिए । सो अवसरमा उनले बिना धितो ऋण दिलाउने व्यवस्था गरेर प्रदेश सरकारले काम गरिरहेको बताए ।

मुख्यमन्त्री कार्कीले भने, ‘अब तपाईहरुले नयाँ र राम्रो खालको उद्यम गर्न चाहनुहुन्छ भने तपाईंहरूको परियोजना हेरेर बैंकले ऋण दिन्छ त्यो ऋणको ब्याज प्रदेश सरकारले तिरिदिन्छ ऋण लिँदा धितो राख्नु पर्दैन ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।