नेकपा एमाले सोलुखुम्बुको आठौँ विस्तारित बैठक सकियो, सुझाव सङ्कलन

सोलुखुम्बु । नेकपा एमाले सोलुखुम्बु जिल्ला कमिटीको आठौँ विस्तारित बैठक सम्पन्न भएको छ । नेकपा एमाले सोलुखुम्बु जिल्ला कमिटीका अध्यक्ष डुफ कुमार बास्तोलाको अध्यक्षता एवं सोलुखुम्बु जिल्ला इन्चार्ज किशोर अधिकारीको प्रमुख आतिथ्यता साथै रक्षा मन्त्री मानवीर राईको विशेष आतिथ्यतामा आज बिहीबार भर्चुअल माध्यमबाट बैठक बसेको हो ।

बैठकमा विधान संशोधन प्रस्ताव प्रस्तुत र सोमाथि सुझाव सङ्कलन, अन्तरपार्टी निर्देशन १२ को विषयमा बृहत् छलफल भएको नेकपा एमाले सोलुखुम्बु जिल्ला प्रचार तथा प्रकाशन विभाग प्रमुख नुतन श्रेष्ठले जानकारी दिनुभयो ।

छलफल पश्चात् प्राप्त सुझावलाई लिखित रूपमा केन्द्रमा पठाउने निर्णय गरिएको नेकपा एमाले सोलुखुम्बु जिल्ला कमिटीका सचिव कल्पना राईले बताउनुभयो । भर्चुअल बैठकलाई सम्बोधन गर्दै नेकपा एमाले सोलुखुम्बु जिल्ला इन्चार्ज किशोर अधिकारीले सरकार हेरफेर हुने कुरा हल्ला मात्र भएको बताउँदै दुबिधामा नपर्नु आग्रह गर्नुभयो । उहाँले तोकिएको समयभित्र संशोधनका सुझाव सङ्कलन गरी लिखित रूपमा केन्द्रमा सुझाव पेस गर्न पार्टीलाई निर्देशन दिनुभयो ।

यस्तै कार्यक्रमका विशेष अतिथि रक्षा मन्त्री मानवीर राईले अहिले देशी तथा विदेशी शक्तिले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र देशको शक्तिलाई कमजोर बनाउन प्रयास गरिरहेको तर नेतृत्व र पार्टी बलियो भएकै कारण हलचल ल्याउन नसकेको स्पष्ट पार्नुभयो । रक्षा मन्त्री राईले पूर्व राष्ट्रपति पार्टीमा सक्रिय रहने कुरा बाहिरिएको विषयमा राष्ट्रपति पद राज्यको माथिल्लो ओहदाको पद रहेकाले सम्मानित पदमा नै रहनुपर्नेमा जोड दिनुभयो ।

नेकपा एमाले सोलुखुम्बु जिल्ला कमिटीका अध्यक्ष डुफ कुमार बास्तोलाले पार्टीभित्र कुनै पनि समस्या नरहेको स्पष्ट पार्नुभयो । केन्द्र तहदेखि वडा तहसम्म पार्टीलाई सक्रिय र मजबुत बनाउन सबैलाई आग्रह समेत गर्नुभयो । भर्चुअल माध्यमबाट बसेको बैठकमा केन्द्र, प्रदेश, जिल्ला, पालिका र वडा प्रतिनिधि सबैको सहभागिता रहेको थियो । भर्चुअल माध्यमबाट बसेको बैठक निकै प्रभावकारी रहेको बताउँदै विधान संशोधन प्रस्ताव प्रस्तुत र सोमाथि सुझाव सङ्कलन पेस गरेका थिए । -सोलु एफएम

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।