कमल थापा र ईजरायली राजदुतबिच भेटबार्ता

काठमाडौं, ९ भदौं ।नेपालका लागि ईजरायलको राजदूत शामुलिक अरी बासले राप्रपा नेपालका अध्यक्ष कमल थापासँग उहाँकै निवास बुढानिलकण्ठमा आज शिष्टाचार भेट गरेका छन् ।

 

पूर्व उपप्रधानमन्त्री तथा पराराष्ट्रमन्त्री समेत रहेका थापाले भेटका क्रममा वर्तमान अवस्थामा बदलिंदो भूराजनीतिक आयामहरु र यसले थपेका जटिलताहरुले क्षेत्रीय शान्ति मूलतः मध्यपूर्वमा समेत असर पारेको बुझ्न सकिने चर्चा गर्दै राजदूतले राखेका सरोकारका विषयहरुमाथि नेपाल सरकारको सरोकारवाला निकायसम्म पुर्याउने बताए ।

 

साथै, क्षेत्रीय शान्तिका लागि एउटा जिम्मेवार राष्ट्रको रुपमा ईजरायलले चालु युद्धको समाप्ति लगायत स्थायी शान्तिको लागि आवश्यक महत्वपूर्ण दायित्व निर्वाह गर्ने कुरामा थापाले विश्वास समेत ब्यक्त गरे ।

 

ईजरायलले नेपाली श्रमिकहरुलाई रोजगारीको अवसर उपलव्ध गराएको, विद्यार्थीहरुलाई तालिम र कृषिलगायतका अन्य क्षेत्रमा पुर्याएको सहयोगको लागि थापाले धन्यवाद समेत ब्यक्त गरेका थिए ।

 

हमासको बन्धकको रुपमा रहेको विपिन जोशीको रिहाईको लागि आवश्यक पहल लगायत गाजामा देखिएको भोकमरी लगायतका मानवीय संकट यथाशिघ्र समाधानको लागि उहाँले सम्बद्ध ईजरायली पक्षसंग अनुरोध गरेका छन् ।    

 

भेटका क्रममा राजदूतले हमासले ईजरायलमाथि गरेको आक्रमणमा १० जना नेपाली विद्यार्थिहरुको ज्यान गएको विषय र एक जना विपिन जोशीलाई बन्धक बनाएको विषयमा दुःख ब्यक्त गरे ।

 

साथै ६७० दिनसम्म पनि विपिन लगायत बन्धकहरुलाई छुटाउन नसकिएकोमा समेत उनले दुःख ब्यक्त गरेका छन्  ।

 

हमासको बन्धकमा अझै ५० जनाभन्दा बढी रहेको जसमध्ये बीसजना जीवितै रहेको कुरा बताए ।

 

विपिन जोशीको आमा र बहिनीलाई ईजरायल लगेर बन्धक छुटाउन अन्तराष्ट्रियरुपमा दवाव दिन प्रयास गरिएको समेत उनले बताए ।
नेपाल र ईजरायलबीचको कुटनीतिक सम्बन्धको चर्चा गर्दै आपसी हितका कृषि, प्राविधिक, शैक्षिक, श्रमलगायत विविध क्षेत्रहरुमा पक्षहरुमा इजरायलले सहयोग गर्दै आएको स्मरण गरे ।

 

विपिनलाई हमासले बन्धक बनाएपछि नेपाल सरकारले ‘लर्न, अर्न एण्ड रिटर्न’कार्यक्रमअन्तर्गत अध्ययनको लागि ईजरायल जाने विद्यार्थीहरुलाई जानबाट रोकेको भन्दै विद्यार्थीहरुको हीत र रक्षामा ईजरायल सरकार सचेत रहेकोले यस किसिमको रोक हटाई दिन राजदुतले अनुरोध गरे । भेटका क्रममा पार्टीका अन्तरास्ट्रिय सम्बन्ध बिभागका सदस्य-सचिब राजाराम बर्तौला “चुनेली” को पनि उपस्थिति रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।