सरकारलाई प्रभु साहको प्रश्न, ‘कवाड व्यवसायीमाथिको ज्यादती र डोजर आतंक गर्नेमाथि कानून लाग्नुपर्छ कि पर्दैन ?’

काठमाडौं, १३ भदौ । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले कवाड व्यवसायीहरु, उखु किसान र शिक्षकहरु एक सातादेखि आन्दोलनरत हुँदा पनि सरकारले कुनै वास्ता नगरेको भन्दै आक्रोश पोखेका छन् ।

 

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै साहले यी आन्दोलनप्रति सरकारको कुनै गम्भीरता नदेखिएको भन्दै आलोचना गरेका हुन् ।

 

‘कवाड व्यवसायी, उखु किसान झण्डै एक सातादेखि आन्दोलनमा छन् । तर, सरकारलाई दुख्दैन, सरकारलाई छोएको छैन । सरकार बेखबरजस्तो छ । म सोध्न चाहन्छु–के सरकारको संवेदना मरेकै हो रु के अदालतको आदेश पालना हुन्छ कि हुँदैन रु’ आजपा अध्यक्ष साहले सरकारलाई प्रश्न गरे । 

 

उनले अदालतले स्टे अर्डर दिएर कवाड व्यवसाय सञ्चालन गर्न पाउनुपर्छ भनेको तर अदालतको आदेशको समेत अवज्ञा गर्दै कवाड व्यवसायीहरुमाथि कुटपिट र आक्रामण गरिएको बताए । कवाड व्यवसायीहरुमाथि भएको ज्यादती र डोजर आतंक गर्नेहरुमाथि कानून लाग्नुपर्छ कि पर्दैन भनेरपनि साहले प्रश्न गरे ।

 

‘यो सरकारले शान्ति, सुरक्षा गर्न सक्छ कि सक्दैन भनेर म सोध्न चाहन्छु । यत्रो पीडितहरुले शान्ति, सुरक्षा, क्षतिपूर्ति र अपराधीहरुलाई कारबाहीको माग गरेर आन्दोलन गर्दापनि, अदालतको आदेशको सम्मानको खातिर आन्दोलित बन्दा सरकार यसरी गैरजिम्मेवार बन्न मिल्दैन । मेरो आग्रह छ कि सरकार जिम्मेवार बनोस । आम नागरिकको सुरक्षाको ग्यारेन्टी गर्नु सरकारको हो,’ साहले भने । 

 

उनले कवाडहरुले काठमाडौंलाई नै स्मार्ट सिटी बनाउन भूमिका खेलेको तर्क गरे । काठमाडौंमा काम नलाग्ने चिजहरुलाई निकालेर फ्याक्ट्रीमा पुर्याउने काम गरेको भन्दै कवाड व्यवसायीहरुले काठमाडौंलाई सफा बनाउने काम गरेको साहको तर्क छ ।

 

उनले कवाड व्यावसायीहरुलाई देशभित्र र देशबाहिरको भनेर रंगभेदी कुरा गरिएकोमा पनि आपत्ति जनाए । उनले कवाड व्यवसायीहरुले आफ्नो पुँजी, जवानी र सिंगो जीवन लगाएको भन्दै उनीहरुमाथि निषेध गरिएको कुरा आफूलाई स्विकार्य नभएको चेतावनी दिए ।

 

महानगरपालिकाको ज्यादतीबिरुद्ध कबाड व्यवसायीलेले बिगत पाँच दिनदेखी आन्दोलन गर्दैआएका छन् । सर्वोच्चको आदेश पालना गर्नुपर्ने र कबाड व्यवसायीलाई शान्तिपूर्ण वातावरणमा व्यवसाय गर्नदिनुपर्ने माग गर्दै कबाड व्यवसायी आन्दोलनरत छन् ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖