राजेश पायल राई र जुनी खालिङ राईको स्वरमा ‘कोदोको मिठो छानुवा’ सार्वजनिक
हिराराज राई ,धनकुटा । लोकप्रिय गायक राजेश पायल राई र गायिका जुनी खालिङ राईको स्वरमा सजिएको नयाँ गीत “कोदोको मिठो छानुवा” सार्वजनिक भएको छ। मौलिक पुर्वेली लोकगीतको स्वादमा तयार पारिएको यस गीतलाई आधुनिक शैलीमा प्रस्तुत गरिएको छ।
गीतको भिडियोमा जुनी खालिङ राई र धन बहादुर राईको मुख्य अभिनय देख्न पाइन्छ। साथै अन्य कलाकारहरूले पनि गीतको भावलाई जीवन्त बनाउन उत्कृष्ट अभिनय प्रस्तुत गरेका छन्।
गीतका शब्द जीवन खालिङ राईले लेखेका हुन् भने संगीत अनिल कोयी राईले तयार पारेका हुन्। यसका एरेन्ज, मिक्सिङ तथा मास्टेरिङ राजु कार्कीले गरेका छन्।
गीतको रेकर्डिङ किंग स्टुडियो, काठमाडौं र म्यजीक मिडिया, धरानमा गरिएको हो। भिडियोतर्फ, क्यामरा, ड्रोन, एडिट तथा कलर डी. बी. लिम्बुले गरेका छन्। निर्देशन र कोरियोग्राफी सुजन लिम्बुले गरेका हुन्।
सुमधुर संगीत, उत्कृष्ट छायांकन र लोक स्वाद मिश्रित भावनात्मक प्रस्तुतिले गर्दा “कोदोको मिठो छानुवा” गीत श्रोता तथा दर्शकमाझ लोकप्रिय हुने अपेक्षा गरिएको छ।


