चलचित्र ‘माइतीघर’ रिलिज मितिभन्दा अघिदेखि नै दर्शकमाझ चर्चामा

इटहरी । नेपाली फिल्म ‘माइतीघर’ आफ्नो रिलिज मितिभन्दा अघिदेखि नै दर्शकमाझ चर्चामा आएको छ । असोज १३ गते फूलपातीका दिनबाट प्रदर्शनमा आउने यो फिल्मको शिर्ष गीतसँग जोडिएको नृत्य प्रतियोगिताले हालै ठूलो उत्साह सिर्जना गरेको छ । सोमबारबाट सुरु भएको प्रतियोगितामा दर्शकहरुले अप्रत्याशित सहभागीता जनाएका छन् ।

निर्माता रोहित अधिकारीका अनुसार सुरु भएको २४ घन्टाभित्रै हजारौँ भिडियो निर्माण पक्षसम्म पुगेका छन् भने ओएसआर डिजिटलका सामाजिक सञ्जालमार्फत १५–२० लाख भ्यूज आइसकेका छन् । उनले दर्शकको यो उत्साहले टिमलाई अझै ऊर्जा थपेको बताए । प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन् । सुरुवाती घोषणा अनुसार पुरस्कार केवल प्रथम हुनेलाई मात्र थियो, तर निर्माण पक्षले अब दोस्रो र तेस्रो हुनेलाई समेत पुरस्कार दिने निर्णय गरेको छ ।

साथै सहभागीता जनाउने कतिपयलाई पनि खाली हात नपार्ने प्रतिबद्धता गरिएको छ । सञ्जिवनीको स्वरमा सार्वजनिक भएको गीतमा उपासना सिंह ठकुरी र श्यामाश्री शेर्पाको नृत्य देख्न सकिन्छ । कविराज गहतराजको कोरियोग्राफी, मानकृष्ण महर्जन र सुशन प्रजापतिको छायांकन तथा सुरेन्द्र पौडेलको सम्पादनमा तयार गीतलाई दर्शकले अत्यन्तै रुचाएका छन् ।

फिल्ममा केदार प्रसाद घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, वुद्दि तामाङ, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजम र संगीता थापा लगायतका कलाकारको अभिनय देख्न सकिन्छ । चन्द्रकुमार दोङको कथा, रामशरण पाठकको पटकथा तथा संवादमा बनेको यो फिल्ममा रबिन शेरचन र धिरज तामाङको लगानी छ भने ईश्वर श्रेष्ठ र निरज कटुवाल कार्यकारी निर्माता हुन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖