मेयर हर्क साम्पाङ प्रति समर्पित गीत सार्वजनिक

काठमाडौं । गीतकार तथा व्रिटिश गोर्खा आर्मी केशव राईको शब्दमा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ प्रती समर्पित गीत ‘हर्क साम्पाङ आए अब देशको बिकाश हुन्छ’ बोलको गीत सार्वजनिक भएको छ ।

यस गीतलाई वरिष्ठ, लोकप्रिय गायक राई इज किङ राजेश पायल राई र पछिल्लो समयकी चर्चित गायिका सुनिता थेगिमले गाएका छन् । पवन बान्तावा राईले संगीत भरेको गीत विशाल चौतारी टिभि युट्युव च्यानलबाट सार्वजनिक भएको हो ।

मेयर हर्क साम्पाङ प्रती समर्पित गीतमा राजु कार्कीको एरेञ्ज रहेको छ । यस गीतको भिडियोलाई बिशाल राईले बनाएका हुन् । यस गीतमा ध्रुव राई काइला प्रस्तुती तथा प्रोड्युसर रहेका छन् । गीत सार्वजनिक भएपछि दर्शक, श्रोताहरुबाट राम्रो प्रतिकृया आइरहेको गीतकार केशवले बताए । केशवको यस भन्दा अगाडी गाउँबेसी र आसुको भेल बालेको गीत सार्वजनिक भैसकेको छ ।

गीत सार्वजनिक भएको दिनदेखी नै नेपालमा सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयका कारण फेसबुक र युट्युव नचलेपछि भने गीतलाई पनि असर गरेको छ । सामाजिक सञ्जाल बन्दका कारण गीत, संगीत क्षेत्रपनि प्रतक्ष्य मारमा परेको छ । फेसबुकमा प्रचार प्रसारसंगै युट्युवकै कमाई नै गीत, संगीत निर्माताहरुका लागी मुख्य आए श्रोत रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।