मोरङको कानेपोखरी गाउँपालिकाले गर्यौ नौ शीर्षकको बजेट कटौति गर्ने निर्णय

कानेपोखरी, ४ असोज । मोरङको कानेपोखरी गाउँपालिकाले विभिन्न नौ शीर्षकको बजेट कटौति गर्ने निर्णय गरेको छ ।

 

जेनजी पुस्ताको आन्दोलनका क्रममा झण्डै पाँच करोड मूल्य बराबरको भौतिक पूर्वाधार,प्रविधि र जिन्सी सामान क्षति भएपछि पालिकाले बिहीबार १९ औं विशेष गाउँसभा मार्फत खर्च कटौतिको निर्णय गरेको हो ।

 

बैठकले विभिन्न वडा कार्यालयहरू र शाखाले तय गरेका लक्षित कार्यक्रमहरू,खेल सामग्री वितरण र छात्रवृति कार्यक्रममा विनियोजित बजेट कटौति गर्ने निर्णय गरेको छ ।

 

यस्तै विभिन्न जात जातिको संस्कृति प्रवद्र्धनमा विनियोजित रकम,वडा स्तरीय चालु खर्चका लागि विनियोजित पाँच लाखसम्मका कार्यक्रम, पालिका भरिका पाँच लाख सम्मका सबै योजना, गोष्ठी र तालिम सम्बन्धि कार्यक्रम,निशुल्क शिक्षा पालिकाको ईच्छा कार्यक्रम र नागरिक उपचार सहयोगको ६० प्रतिशत रकम कटौति गर्ने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका हुन् ।

 

गाउँपालिकाको प्रशासनिक कार्य तत्काल सञ्चालन गर्न अप्ठ्यारो भएपछि पालिकाले बिहीबार आकस्मिक रुपमा १९ औं विशेष गाउँसभा बोलाएको थियो ।

 

गाउँपालिकाको खण्डहर भवनमा म्याट ओछ्याएर भुई मै बसेको गाउँसभा अध्यक्ष राजमति इङ्नामको अध्यक्षतामा भएको थियो । तर, गाउँसभाले गरेका निर्णय प्रति स्थानीयले बिरोध जनाएका छन् ।

 

धर्म संस्कृति प्रवद्र्धन ,शिक्षा, छात्रवृति र उपचार सहयोग नागरिकले पाउने प्रत्यक्ष सुविधा हुन । ति सबै सुविधा कटौति गरेपछि नागरिक स्तरमा अझ वितृष्णा हुने देखिएको छ ।

 

नेपाली काङ्ग्रेस कानेपोखरी गाउँ समितिका सभापति योगेन्द्रप्रसाद दाहालले युवा लक्षित कार्यक्रम कटौति भएकोमा आपत्ति जनाउनु भयो । बजेट कटौति भएका अधिकांश कार्यक्रम जेनजी पुस्तासँग जोडिएका छन् ।

 

 

यो निर्णयले सङ्लिदै गएको राजनीतिमा थप सङ्कट आउन सक्ने दाहालले सङ्केत गर्नुभयो । त्यसैले पालिकाले निर्णय सच्याओस । नेकपा एमालेका गाउँ उपाध्यक्ष कृष्ण थामीले विषम परिस्थितिमा निर्णय लिँदा सक्रिय दल र सरोकारवालाहरूसँग सहमति जुटाएर लिएको भए उपयुक्त हुने बताए । 

 

उनले पालिका पुननिर्माण लागि गर्न लागिएको भएपनि परिस्थिति प्रतिकुल रहेकोले सहमतिको आवश्यकता औंल्याए ।

 

नेकपा माओवादी केन्द्रका गाउँ अध्यक्ष दुर्गाबहादुर कार्कीले जेनजी पुस्तासँग प्रतिशोध लिने गरी बजेट कटौति गरिएको बताए। उनले छात्रवृति, खेल सामग्री, निशुल्क शिक्षा जस्ता जेनजी पुस्ताका लागि विनियोजित बजेट कटौति भएपछि नयाँ समस्या उत्पन्न हुन सक्ने उल्लेख गरे ।

 

राष्ट्रिय स्वतन्त्र पार्टीका गाउँ अध्यक्ष सुनीलदत्त अधिकारीले बजेट समानुपातिक रुपमा कटौति गरेर आवश्यक सामग्री खरिदका लागि स्रोत सुनिश्चित गर्नुपर्ने बताए। उनले जेनजी पुस्ताका लक्षित कार्यक्रम कटौति गरेको देखिन्छ । यो निर्णयले थप समस्या उत्पन्न गर्नसक्ने अधिकारीले बताए । 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।