धनकुटामा एक बृद्द मृत अवस्थामा फेला
धनकुचा,४ असोज । धनकुटामा एक बृद्द मृत अवस्थामा फेला परेका छन् ।
जिल्लाको महालक्ष्मी नगरपालिका ३ का ७२ बर्षिया चित्र बहादुर कार्की मृत अवस्थामा फेला परेका हुन् ।
गत असोज ३ गते बेलुकाबाट घर नआएका कार्कीको खोजतलासको क्रममा आज बिहान भन्ज्याङ गैरीगाउमा बाटो छेउमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
मृतकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल धनकुटा ल्याइएको साथै घटनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।


