धनकुटामा संयुक्त बजार अनुगमन, म्याद नाघेका सामान नष्ट
धनकुटा । धनकुटा नगरपालिकाको नेतृत्वमा स्थानीय प्रशासन, उद्योग वाणिज्य संघ, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन, घरेलु तथा साना उद्योग कार्यालय, उपभोक्ता संरक्षण मञ्च र नेपाल पत्रकार महासंघको सहभागितामा संयुक्त बजार अनुगमन गरिएको छ।
उपप्रमुख भीमादेवी खनालको नेतृत्वमा भएको अनुगमनका क्रममा म्याद नाघेका खाद्य तथा पेय पदार्थहरू जफत गरी नष्ट गरिएको छ।
अनुगमन टोलीमा विभिन्न निकायका प्रतिनिधिहरू, नगर प्रहरी र नेपाल प्रहरीले सक्रिय सहभागिता जनाएका थिए।-रुटिन अफ धनकुटा बन्द


