जेनजी वार्ता समितिको माग : अन्तरिम संविधान बनाएर प्रत्यक्ष कार्यकारी निर्वाचन होस्

काठमाडौ । राष्ट्रपतिसँग वार्ता गर्न गठन गरिएको जेनजी वार्ता समितिले अन्तरिम संविधान निर्माण गरी प्रत्यक्ष कार्यकारी प्रमुखको निर्वाचन गर्नुपर्ने माग अघि सारेको छ।

समितिले आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत यस्तो अडान सार्वजनिक गरेको हो।

वार्ता समितिका सदस्य प्रवेश दाहालले वर्तमान संविधान आफूहरूले मान्न नसक्ने बताए। उनले यो संविधानलाई खारेज गर्ने अधिकार सरकारसँगै रहेको भन्दै अन्तरिम संविधानमार्फत नयाँ राजनीतिक अभ्यास गर्नुपर्नेमा जोड दिए।

दाहालका अनुसार, आन्दोलनले विगतमा राजतन्त्रलाई हटाएको थियो, त्यसरी नै प्रत्यक्ष कार्यकारी निर्वाचन गर्न कुनै रोकटोक नभएको दाबी गरिएको छ।

उनले हालको सरकार संवैधानिक हैसियतमा नभई असंवैधानिक तरिकाले बनेको आरोपसमेत लगाउँदै आन्दोलनको ‘सेफ ल्यान्डिङ’का लागि अन्तरिम संविधान नै उपयुक्त विकल्प हुने बताएका छन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।