धनकुटामा सहिद रिदामा र राम्लिहाङको स्मृतिमा सभा

धनकुटा । साँस्कृतिक विद्रोहका कारण तत्कालीन राज्यसत्ताद्वारा मारिएका दुई सहिदहरू रिदामा र राम्लिहाङ आठपहरीयालाई साँस्कृतिक अभियन्ताहरूले यस वर्ष पनि स्मरण गरेका छन् । सहादत प्राप्त गरेको १५९ औँ स्मृति दिवसको सन्दर्भमा नेपालका अभियन्ताहरूले दुई साँस्कृतिक व्यक्तित्वहरूलाई स्मरण गरेका हुन् ।

धनकुटाको चाम्जिबुङका आठपहरीयाद्वय सहिद भएको १५९ र्औँ स्मृति दिवसको अवसर पारेर बिहीबार साँस्कृतिक अभियन्ताहरूले धनकुटामा रहेको चुलिवनमा सहिदहरूकाे प्रतिमामा माल्यार्पण कार्यक्रम समेत गरिएकाे आदिवासी अधिकारकर्मी एवम् पत्रकार निमा पाेङ्सुवाले बताए । उनले बिहीबार बिहानै साँस्कृतिक अभियन्ताहरूकाे विशेष सक्रियतामा सहिदहरूकाे स्मरण र प्रतिमामा माल्यार्पण गरिएकाे जनाए । नेपालमा पनि विगत छ वर्षदेखि सहिद रिदामा र राम्लिहाङकाे स्मरण गरिँदै आइएकाे छ ।

सभामा पहिचानवादी संघसंस्थाहरूकाे सहभागितामा स्मृति सभा भएको थियोे । सभामा मङ्गाेल नेशनल अर्गनाइजेसनका नेताहरूले समेत सहभागी भएर सम्बाेधन गरेका थिए ।

दसैँ आफ्नो चाड होइन भन्दा तत्कालीन राणा शासकले हत्या गरिएका सांस्कृतिक सहिद रिदामा राम्लिहाङको हत्या भएको स्मरणमा सालिन्दा कार्यक्रम हुँदै आएको छ । सन् १८६७ सालमा राणा शासककाे आदेशमा धनकुटाका रिदामा आठ्पहरिया र राम्लिहाङ आठपहरियालाई दशै नमानेको आरोपमा झुन्ड्याएर मारेका थिए । सोही दिनको सम्झनामा हरेक वर्ष झै यस वर्षको दशैको टिकाको दिन पनि स्मृति सभा गरिएको हो ।

असोज १६ गते गरिएको स्मृति सभा किरात आठपहरिया समाजकी निवर्तमान अध्यक्ष सार कुमारी आठपहरियालकाे अध्यक्षतामा भएको थियोे । उनले सहिद रिदामा राम्लिहाङलाई आधिकारिक रुपमा पहिलो सहिद घोषणा गर्न माग गरिन् । उनले आफ्नो संस्था उदासीन रहेपनि एक थोपा रगत हुञ्जेल सांस्कृतिक सहिदकाे सम्मानका लागि लडिरहने प्रतिबद्धता व्यक्त गरिन् ।

स्मृतिसभामा मंगोल नेशनल अर्गनाइजेसन डा. गोपाल गुरुङको तर्फबाट दिनेश बान्तवाले दशै मान्नेलाई मान्नु दिनु लोकतान्त्रिक कुरामा मान्दैनाैँ भन्ने समुदायलाई दमन गरेको आराेप लगाए । राज्य एकात्मक शैलीमा चलेको भन्दै अझै पनि दमन गरे विद्रोह हुने चेतावनी दिए । जसपा नेपाल धनकुटाका सचिव डम्बर खतिवडाले तत्कालीन अवस्थामा पनि दशै मान्दिन भन्न पाउनुपर्ने बताए । त्यतिबेलाको घटना हाल आएर बुझ्दै आएको बताए जुन जो जस्ले पनि खोजी अध्ययन गरिने बताए ।

प्रदेशको नाम कोशी खारेजी सङ्घर्ष समितिका अभियन्ता समेत रहेका सन्जय सन्तोषि राईले राज्यको धर्म हुन नहुने जिकिर गरे । दशै मान्दिन भन्दा १५९ वर्ष अगाडि तत्कालीन क्रुर राज्यसत्तले हत्या गरेको बताए । जुन हत्या जति नै खेद निन्दा गरे पनि कम हुने बताए । राज्यले गणतन्त्र नेपाल आइसक्दा पनि हिन्दु धर्मलाई मात्र प्रश्रय दिइरहेको आरोप लगाए । फूलपातीमा आफू पनि सहभागी भएको र राजकीय सम्मान गरिरहँदा नेपालका आदिवासी भूमिपुत्रका चाडपर्वमा भने विभेद गरेको दाबी गरे । केही दिन अघिको जेन्जीको घटनालाई सम्झिँदै सूचनाको हक दबाउने हुँदा जसरी चौपट्ट भए त्यो हालत हुने चेतावनी दिए । सन्जय राईले किरात आठपहरिया समाजका पदाधिकारी प्रतिनिधि नभएकोप्रति आक्रोश पोख्दै पहिचानको अभियन्ता समेत रहेका अध्यक्षप्रती असन्तुष्ट पोखे । धनकुटा बाहिरबाट गैरआठपहरियाहरु सहिदलाई सम्झेर आउँदासम्म आठपहरियाको अनुपस्थिति रहेको देख्दा संस्था र सहिदको अपमान भएको बताए ।

स्मृति सभामा धरानबाट श्रद्धाञ्जली दिन पुगेका नेपाल आदिवासी जनजाति नगर समन्वय परिषद धरानका अध्यक्ष हेमराज जिमी याक्खाले दशैँ आदिवासीको चाड नभएको भन्दै आदिवासी अभियन्ताले आफ्नै चाडपर्व बारे प्रष्ट पारेर जानुपर्ने बताए । सभामा किरात सुनुवार सेवा समाजका हेम कुमार सुनुवार, फाेनिज प्रदेश एकका पूर्व अध्यक्ष सन्तवीर लामा, लिम्बु पत्रकार सङ्घका सङ्घीय अध्यक्ष सन्देश सुब्बाकाे पनि सहभागिता रहेको थियोे ।

धनकुटाको चोङ्सोङ्मा झुन्डुवामा रिदामा राम्लिहाङको एक दशक अघि पूर्ण कदको शालिक निर्माण भएको र जिर्ण अवस्थामा समेत रहेको प्रचारप्रसार अभावमा गुमनाम बन्दै गैरहेको छ । छ वर्ष अघिदेखी प्रचारप्रसारमा ब्यापकतासंगै जिर्णोद्धार अभियान थालेपछि अमित थेबे, निमा पोङ्सुवाको अगुवाइमा यसपटक शालिक रंगरोगन भएको छ । त्यसैगरी शालिकको अगाडिको भागमा चढेर माल्यार्पण गर्ने उचो भाग उठाउने काम भएको छ । जुन कामको लागि हाल अमेरिकामा रहेका सुरेश चाम्लिङको तर्फबाट १० हजार आर्थिक सहयोग उपलब्ध भएका थिए । एक साताअघि अभियन्ताहरु अमित थेबे, जनक ऋषि चाम्लिङ, दिनेश बान्तवा, निमा पोङ्स्युवा सहितको समूहले रंगरोगन गरेका थिए ।

कार्यक्रमका परिकल्पनाकारमध्येका एक अभियन्ता लेखक अमित थेवेले धनकुटाकाे कार्यक्रममा पनि तीन दर्जन बढी सहभागी भएको बताए । सहिदहरूको बलिदानलाई शक्तिमा रुपान्तरण गर्न साङ्केतिक रूपमा कार्यक्रम आयोजना गरिएकाे थेवेले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।