धनकुटाको बेग्ला बेग्लै स्थानमा झुण्डिएर दुई जनाको मृत्यु

धनकुटा,२१ असोज । धनकुटाको बेग्ला बेग्लै स्थानमा झुण्डिएर दुई जनाको मृत्यु भएको छ ।

गत असोज २० गते बेलुका जिल्लाको सांगुरीगढी गाउंपालिका ४ एक्सेरुङ बस्ने अन्दाजी ४५ बर्षिया कुल बहादुर लिम्बु सोही वडाको ज्यामिरे बस्ने आफ्नै दिदी फुलमाया लिम्बुको घरमा पाहुना गएको र घरको माथिल्लो तलाको कोठाभित्र घरमा कोहि नभएको अवस्थामा काठको बलोमा प्लाष्टिकको शुत्रिको पसो लगाइ झुण्डिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी राजन कार्कीले जानकारी दिए ।

त्यसैगरि आज बिहान जिल्लाको महालक्ष्मी नगरपालिका १ मचेपु स्थित पारी खाप्राङ बस्ने अन्दाजी ५५ बर्षिया हिकमत दर्जी गोगनको रुखमा कपडाको बाटेको डोरि घाँटीमा पासो लगाई झुण्डि मृत अवस्थामा फेला परेको भनि खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गइ अनुसन्धान भैरहेको प्रवक्ता डीएसपी कार्कीले जानकारी दिए ।

दुबै घटनामा झुन्डिनुको कारण तत्काल खुल्न नसकेको र घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।