‘लोक दोहोरी स्टार’ का लागि म्युजिक नेपाल र एभेन्टोज डिजिटलबीच आधिकारिक सम्झौता सम्पन्न

काठमाडौं — नेपाली लोक तथा दोहोरी गीतसंगीत क्षेत्रमा अर्को एउटा महत्वपूर्ण अध्याय थप्दै, एभेन्टोज डिजिटल र म्युजिक नेपालबीच बहुप्रतिक्षित टेलिभिजन रियालिटी शो “लोक दोहोरी स्टार” का लागि आधिकारिक म्युजिक पार्टनर सम्झौता सम्पन्न भएको छ। म्युजिक नेपालका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत उत्तम थापा र एभेन्टोज डिजिटलका तर्फबाट शोका निर्माता डेभिल सिंह राजपुतले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौता कार्यक्रममा म्युजिक नेपालका तर्फबाट निराजन महर्जन उपस्थित थिए भने एभेन्टोज डिजिटलका तर्फबाट शोका सह–निर्माता तथा प्रशासन प्रमुख यादब बहादुर थापा सहभागी थिए। साथै, शो निर्देशक माधव राज खरेल, र शोका निर्णायक चन्द्र शर्माजस्ता व्यक्तित्वहरूको उपस्थिती रहेको थियो।

दुबै पक्षले कार्यक्रममा “लोक दोहोरी स्टार” लाई नेपाली संगीत इतिहासकै भव्य र फरक शोका रूपमा प्रस्तुत गर्ने साझा प्रतिबद्धता व्यक्त गरे। उनीहरूको भनाइ अनुसार, यो सहकार्यले शोका मौलिक गीत, दोहोरी र सिर्जनात्मक प्रस्तुतीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा म्युजिक नेपालको डिजिटल प्लेटफर्ममार्फत प्रचार–प्रसार गर्न सहयोग पु¥याउनेछ।

एभेन्टोज डिजिटलद्वारा निर्माण भइरहेको “लोक दोहोरी स्टार” ले देशभरका प्रतिभाशाली लोक दोहोरी गायक–गायिकाहरूलाई राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने उद्देश्य लिएको छ। निर्णायक मण्डलमा र्चित लोक तथा दोहोरी गायक पशुपति शर्मा, गायिका रीता थापा मगर, गायक तथा संगीतकार चन्द्र शर्मा, र गायक तथा संगीतकार अमृत खाती रहेका छन्। शोको एक्सक्लुसिभ टेलिभिजन पार्टनर स्पेस टेलिभिजन रहेको छ भने अफिसियल युट्युब च्यानल एभेन्टोज डिजिटलमार्फत कार्यक्रम प्रसारण गरिनेछ। यस अघि यस सिजनको “लोक दोहोरी स्टार” को मेघा अडिशनको कार्य सम्पन्न भैसकेको छ ।

सम्झौतापछि दुवै संस्थाका प्रतिनिधिहरूले यो सहकार्य नेपाली लोकसंगीतको उत्थान र संरक्षणका लागि माइलस्टोन सावित हुने विश्वास व्यक्त गरे। शोले परम्परागत लोकसंगीतलाई आधुनिक प्रविधि र आकर्षक प्रस्तुतीको माध्यमबाट नयाँ पुस्ताका दर्शकमा पुनः जीवन्त बनाउने लक्ष्य लिएको छ। कार्यक्रम मंसीरको दोश्रो साताबाट प्रशारणमा आउने भएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖