इटहरीका स्थानीयवासीद्वारा मन्त्री कुलमान घिसिङलाई बैकल्पिक सडक तत्काल निर्माण गर्न ज्ञापनपत्र

सुनसरी । सुनसरीको इटहरी–१२ ,स्थित कोशी लोर्मार्ग हुँदै प्रहरी चौकीतर्फ जाने तथा इटहरी बजारमा पुग्ने बैकल्पिक मार्ग अत्यन्तै जीर्ण, धुलाम्मे र दुर्गन्धयुक्त भएको भन्दै इटहरी–१२ र १३ का स्थानीयवासीहरूको प्रतिनिधि गर्दै इटहरी-१२, का निवासी प्रकाश बस्नेतले उर्जा तथा भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङलाई ज्ञापनपत्र बुझाएका छन्।

मन्त्री घिसिङ धरान स्थित एक गुम्बाको उद्घाटन कार्यक्रममा जाने क्रममा आइतबारे स्थित खुकुरी होटल मा केही समय रोकिनु भएको थियो, त्यसै क्रममा स्थानीय प्रतिनिधि तथा बासिन्दाले सडक सम्बन्धी गुनासो बुझाएर तत्काल ध्यानाकर्षण गराएका हुन्।

उनीहरूले बुझाएको पत्रमा भनिएको छ – इटहरी–११, १२, १३ र आसपासका करिब १ लाख १२ हजारभन्दा बढी जनसंख्या दैनिक रूपमा उक्त सडक प्रयोग गर्दै आएका छन्, तर वर्षौंसम्म सडक निर्माण नहुँदा जनस्वास्थ्य, यातायात सुरक्षा र दैनिक जीवन गम्भीर रूपमा प्रभावित भएको छ।

त्यसैगरी, स्थानीय सञ्चार, एम्बुलेन्स, ट्याक्सी, मोटरसाइकल तथा दैनिक यात्रुहरूका लागि पनि बाटो असहज बनेकोले सामाजिक, आर्थिक र स्वास्थ्य पक्ष सबै प्रभावित भएको स्थानीयको भनाइ छ।

स्थानीयका अनुसार, पटक–पटक जनप्रतिनिधिलाई जानकारी गराउँदा पनि कुनै पहल नभएको गुनासो छ।

बासिन्दाले भनेका छन् —

“हामीले धेरैपटक स्थानीय जनप्रतिनिधिलाई समस्या सुनायौँ, तर आजसम्म कुनै ठोस कदम चालिएन। अब सरकारले नै सीधै ध्यान दिएर बाटो बनाइदियोस् भन्ने हाम्रो माग हो।”

वैकल्पिक तथा संकटकालीन मार्गका रूपमा समेत उपयोगी हुने यो सडक तत्काल निर्माण गरी जनजीवन सहज बनाउन स्थानीयवासीले सम्बन्धित मन्त्रालयको त्वरित हस्तक्षेपको माग गरेका छन्।

स्थानीयवासीले मन्त्री घिसिङसमक्ष “तत्काल बैकल्पिक सडकलाई मर्मत तथा निर्माण कार्य अघि बढाई दिनु पर्ने” माग गर्दै उचित पहलका लागि अनुरोध गरेका छन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।