संखुवासभाको मादीमा आगलागीबाट करिब २५ लाख रुपैयाँ बराबरको क्षति
संखुवासभा । संखुवासभाको मादी नगरपालिका–२ कानपुरमा आगलागी हुँदा करिब २५ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
सर्वध्वज न्यौपानेको गोठमा खोले पकाउने क्रममा अचानक आगो सल्किँदा गोठ पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
गोठबाट फैलिएको आगो नजिकै रहेको ढुङ्गामाटो र टिनको छानाबाट बनेको तीनतले घरमा समेत पुगेपछि घरभित्र रहेका लत्ता–कपडा, भाडावर्तन, अन्नपात, करिब २ तोला सुन, ४ तोला चाँदी र नगद ६० हजार रुपैयाँ जलेर नष्ट भएको हो।


