झापाको दमकमा ६२ वर्षीय पुरुषको रहस्यमय मृत्यु
झापा । झापाको दमकमा ६२ वर्षीय पुरुषको रहस्यमय मृत्यु भएको छ ।
दमक–५ क्याम्पस मोडमा अर्जुनधारा–४का ६२ वर्षीय युवराज पौडेलको रहस्यमयी ढंगले मृत्यु भएको छ।
प्रहरीका अनुसार अपरान्ह करीब सवा ४ बजे सडकमा हिँड्ने क्रममा पौडेल अचानक लडेर बेहोस भएका थिए।
उनलाई तत्काल अचेत अवस्थामा निम्स नेशनल हस्पिटल, दमकमा उपचारका लागि लगिएको भए पनि अस्पतालले उनलाई आगमनलगत्तै मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।


