ओलीलाई साथ दिएका विष्णु पौडेलको घोषणा : म महासचिवको उम्मेद्वार होइन

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीको ११औं महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने विश्वास व्यक्त गरेका छन् ।

नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको पूर्व सन्ध्यामा प्रेस चौतारी नेपालले आयोजना गरेको सञ्चारकर्मीसँगको सम्वाद कार्यक्रममा उनले प्रश्न गर्दै भने,‘तपाईंहरूलाई यो ध्रुव मङ्सिर २९ गतेसम्म जान्छ जस्तो लाग्छ ?’

उनले आफू ११औं महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीकै पक्षमा उभिएको र साथ रहेको खुलाए ।

उनले भने,‘म महासचिवको उम्मेदवार होइन, म यस अघि नै महासचिव भएर काम गरिसकेको मान्छे हुँ, ११औँ महाधिवेशनमा मेरो उम्मेदवारी हुन्छ तर अध्यक्ष महासचिव बाहेकमा हुन्छ, मैले अध्यक्षमा केपी शर्मा ओलीलाई समर्थन गरिसकेको छु, महासचिव पहिला नै भइसकेको छु, त्यसैले काहीँ न काहीँ उम्मेदवारी त हुन्छ तर त्यो पछि नै तय हुन्छ ।’

सो क्रममा उनले एमालेको आन्तरिक जीवन कुनै समस्यामा नरहेको जिकिर गरे । उनले भने,‘हामी सहज ढङ्गले अगाडि बढ्न सक्ने ठाउँमा छौँ, एमालेभित्र जुन ध्रुव देखिएको छ, के तपाईंहरूलाई लाग्छ यो मङ्सिर २९ गतेसम्म रहला ? मङ्सिर २९ अघि नै यो समाप्त हुन्छ, कुनै ध्रुव रहँदैन। अध्यक्ष ओलीको नेतृत्वको वरिपरि गोलबद्ध भएर पार्टीलाई एकताबद्ध बनाएर जाऊँ भन्ने भन्दा नमान्नु पर्ने कुनै विषय देख्दिन, यो सम्भव नै छैन भन्ने पनि मलाई लाग्दैन, प्रतिस्पर्धा भए पनि प्रतिस्पर्धा हुन्छ, नतिजा आउँछ, त्यसलाई मानेर अघि बढ्नुपर्छ ।’ उनले एमालेलाई निरङ्कुश छ भन्ने भ्रम फिँजाउने प्रयास भइरहेको तर एमाले आन्तरिक लोकतन्त्रको च्याम्पियन पार्टी भएको दाबी गरे । उनले एमालेले लिने नीति देशको नीति बन्ने पनि दाबी गरे ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖