भक्तपुरमा अध्यक्ष केपी ओलीको ‘कुटी’ निर्माण सुरु, राधिका शाक्यद्वारा शिलान्यास
काठमाडौ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीका लागि भक्तपुरमा निर्माण गर्न लागिएको ‘कुटी’ को आज औपचारिक रूपमा शिलान्यास गरिएको छ।
भवन निर्माणको शुभारम्भ ओलीकी श्रीमती राधिका शाक्यले गरेकी हुन्।
महेश बस्नेतको समन्वयमा अगाडि बढिरहेको कुटी निर्माणलाई स्थानीय नेतृत्वले विशेष महत्वका रूपमा लिएको छ।
शिलान्यासका तस्वीरहरू सामाजिक सञ्जालमा सार्वजनिक भइरहेका छन्, जसले घटनालाई थप चर्चामा ल्याएको छ।


