झापाबाट हराइरहेका दुई बालिकाको खोजीका लागि आग्रह
झापा । गौरादह नगरपालिका–७ शान्ति चोककी १४ वर्षीया देवि बुढाथोकी र जुरोपानी–८की स्मारिका कार्की विगत केही घण्टादेखि सम्पर्कविहिन भई हराइरहेका छन्।
प्रगति आ.वि. कक्षा ९ की विद्यार्थी देवि बुढाथोकी हिजो (मंसिर १७) बिहान करिब ९ बजे “विद्यालय जान्छु” भन्दै घरबाट निस्किएपछि परिवारसँग सम्पर्क टुटेको छ। त्यस्तै, जुरोपानी–८की स्मारिका कार्की पनि अहिले सम्म सम्पर्कमा नआएकी परिबारले जानकारी दिएको छ।
परिवार र स्थानीयवासीहरू दुवै बालिकाको खोजीमा जुटिरहेका छन्। तस्बिरमा देखिएका यिनै दुई बालिकालाई कतै देख्नुभएमा वा फेला पार्न सहयोग गर्न सक्ने कुनै पनि सूचनाको लागि छरछिमेकी तथा आमजनलाई तत्काल जानकारी गराउन अनुरोध गरिएको छ।
सम्पर्क गर्नुपर्ने नम्बरहरू: 9817081869,9814970302, 9814945022


