घर भत्काउन हेटौँडामा बिहानै देखि चल्यो डोजर
हेटौंडा । ५३१ घर भत्काउन हेटौँडामा बिहानै देखि डोजर चल्न सुरु भएको छ ।
सडक डिभिजन हेटौंडाले बिहानबाट बुद्धचोक क्षेत्रमा सडक विस्तारका लागि घर र संरचना भत्काउन सुरु गरेको छ।
५ सय ३१ वटा घर र संरचना भत्काउनुपर्ने सडक डिभिजनले सर्वोच्च अदालतको आदेशलाई आधार बनाएर विस्तार कार्य अघि बढाएको छ।


