हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको उपाध्यक्ष पक्राउ

काठमाडौ । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको उपाध्यक्ष राजकुमार तामाङ लामालाई प्रहरीले विस्फोटक पदार्थसम्बन्धी मुद्दामा मंगलबार काठमाडौंको कपनस्थित घरबाटै पक्राउ गरेको हो ।

५० वर्षीय लामाले आफूलाई कुमार, विश्वक्रान्ति तथा देवराज लामा नामले समेत चिनाउँदै आएका थिए । उनको स्थायी घर धनकुटाको पाख्रीबास- ९ हो ।

बबरमहल घटनामा २०६९ असार १२ गते पक्राउ परेर २०७६ मा प्रजातन्त्र दिवसको अवसरमा छुटेका लामा जिल्ला प्रहरी कार्यालय पाँचथरमा दर्ता भएको विस्फोटक पदार्थसम्बन्धी मुद्दामा फरार रहँदै आएका थिए ।

सोही मुद्दामा उनलाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठले जानकारी दिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।