नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि हुने मतदान प्राविधिक समस्याका कारण स्थगित ,भोलि बिहान ८ बजे मतदान हुने
काठमाडौँ । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि भोलि(बुधबार) बिहान ८ बजे मतदान हुने भएको छ ।
आज हुने भनिएकाे मतदान प्राविधिक समस्याका कारण स्थगित गर्नुपरेकाे केन्द्रीय निर्वाचन आयाेगले जनाएकाे छ ।
नेतृत्व चयनकै लागि आज साँझ ७ बजेदेखि भृकुटीमण्डपमा मतदानको समय तोकिएको थियो । तर प्राविधिक तयारी नपुगेको भन्दै चुनावमा ढिलाइ भएको थियो । यसअघि दिउँसो १ बजेदेखि नै निर्वाचन हुने भनिएको थियो ।
मतदाताहरू भने मतदान हुने आशामा लाइनमै बसेका थिए ।


