एमाले महाधिवेशनः नेतृत्व चयनको लागि जारी मतदानमा ४१५ मत खस्यो

काठमाडौं, २ पुस । नेकपा (एमाले) को ११औं महाधिवेशन अन्तर्गत मतदान जारी रहेको छ । काठमाडौंको भृकुटीमण्डपमा भइरहेको मतदानमा अहिलेसम्म् ४ सय १५ मत खसेको बताइएको छ ।

गत मंसिर २७ गतेबाट सुरु भएको महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आजबाट निर्वाचन सुरु भएको हो । विहानदेखि सुरु भएको निर्वाचनमा मतदानको कार्य सुस्त भइरहेको बताइएको । निर्वाचनमा २ हजार २ सय ६३ जना मतदाता (महाधिवेशन प्रतिनिधि) रहेका छन् ।

नयाँ नेतृत्व चयनका लागि मतदान जारी रहेको बेलामा नेता तथा कार्यकर्ताहरु भने मतदानस्थल बाहिर बसेर आ–आफ्नो पक्षमा मत मागिराखेका छन् । निर्वाचनमा केपी शर्मा ओली र ईश्वर पोखरेलले प्यानल नै बनाएर प्रतिस्पर्धा गरिरहेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖