विराटनगरमा कम्पनीको स्वरुप परिबर्तन गरी ठूलो आवाज निकाल्दै तीव्र गतिमा दौडाउने मोटरसाईकल प्रहरीको नियन्त्रणमा
विराटनगर । विराटनगर स्थित सडकखण्डमा कम्पनीको स्वरुप परिबर्तन गरी ठूलो आवाज निकाल्दै तीव्र गतिमा दौडाउने ८ मोटरसाईकलहरूलाई चालक सहित नियन्त्रणमा लिई ट्राफिक प्रहरीद्वारा जरिवाना गरी कम्पनीको स्वरुप जस्तै वनाउन लगाई छाडिएको छ ।
यसरी कम्पनीको स्वरुप विगारी ठूलो आवाज निकाल्दै तीव्र गतिमा नचलाउन र यसरी चलाएको पाइएमा कडा कानूनी कारवाही हुने व्यहोरा समेत सूचित गरिएको जिल्ला प्रहरी कार्यालय मोरंगले जनाएको छ ।


