नेपाल मोबाइल व्यवसायी महासंघ कोशी प्रदेशको नेतृत्व लोकमान तामाङलाई

सुनसरी । नेपाल मोबाइल व्यवसायी महासंघ कोशी प्रदेशको नेतृत्व लोकमान तामाङले सम्हाल्ने भएका छन्। आइतबार धरानमा सम्पन्न महासंघको साधारणसभा तथा प्रथम अधिवेशनले तामाङको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो।

नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा युवराज निरौला चयन भएका छन् भने उपाध्यक्षमा मनोज ढकाल जिम्मेवारीमा आएका छन्। महासचिवमा आशिषराज यादव, कोषाध्यक्षमा विमला खतिवडा र सचिवमा गुणराज श्रेष्ठ चयन भएका छन्।

त्यसैगरी सदस्यहरूमा निकेश कटुवाल, सन्तोष शर्मा, सहदेव खड्का, कृष्णगोपाल निरौला, मनोज खड्का, रामचन्द्र खड्का, अर्जुन बर्देवा, सम्राट शाक्य, दीपक दुलाल, रमेश कटुवाल, रुजन श्रेष्ठ, गणेश श्रेष्ठ, लोकेन्द्र बुढाथोकी र रुपेश मगर रहेका छन्।

अधिवेशनको उद्घाटन समारोहका प्रमुख अतिथि कोशी प्रदेशसभा सदस्य रमेशकुमार बस्नेतले निजी क्षेत्रलाई देशको अर्थतन्त्रको एक मुख्य आधारका रूपमा चित्रण गर्दै यसको संरक्षण र प्रवर्द्धन अनिवार्य रहेको बताए। भदौ २४ गतेको जेन–जी आन्दोलनका कारण निजी क्षेत्रले ठूलो क्षति भोग्नुपरेको उल्लेख गर्दै उनले त्यसले व्यवसायीहरूलाई पलायनको अवस्थामा धकेल्ने जोखिम बढाएको बताए।

व्यवसायीहरूले साझा निष्कर्षसहित ठोस माग अघि सारेमा प्रदेश सरकारको तर्फबाट आवश्यक पहल गरिने प्रतिबद्धता उनले जनाए।

विशिष्ट अतिथि तथा धरान उपमहानगरपालिकाका उपप्रमुख अईन्द्र विक्रम बेघाले सही काम र व्यवसायिक हितका लागि राज्यसँग जुझ्नुपरे पनि आफू व्यवसायीहरूको साथमा रहने बताए।

महासंघका केन्द्रीय अध्यक्ष भरत भट्टराईले मोबाइल व्यवसायीहरूको हकहितका लागि नीतिगत पहल भए पनि राज्यका निकायहरूबाट अपेक्षित सहयोग नपाएको गुनासो गरे। उनले स्वदेशी उद्योगका उत्पादनलाई व्यवसायी, उपभोक्ता र राज्य तीनै पक्षले प्रोत्साहन गर्नुपर्नेमा जोड दिए।-खांदबारी एफ एम

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।