पार्किङ गरी राखिएको रास्वपाका केन्द्रीय सदस्य परियारको निजी गाडीमा तोडफोड
काठमाडौ । गोरखामा पार्किङ गरी राखिएको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारको निजी गाडीमा तोडफोड गरिएको छ। भिमसेन थापा गाउँपालिका–३ स्थित चउर क्षेत्रमा राखिएको गाडीमा गएराति अज्ञात व्यक्तिहरूले क्षति पुर्याएका हुन्।
प्रकाशचन्द्र परियारले गाडीमा तोडफोड भएको जानकारी प्रहरीलाई गराएका छन्। जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठका अनुसार गाडीमा सवार व्यक्ति ओरालेर आक्रमण गरिएको भने होइन, गाडी पार्क गरी राखिएको अवस्थामा नै तोडफोड गरिएको हो।
प्रहरीका अनुसार गाडीको पछिल्लो भागको सिसा फुटाइएको छ। घटनाको समयमा गोरखामा माघे सङ्क्रान्तिको अवसरमा गोरु जुधाई तथा फुटबल प्रतियोगिता सञ्चालन भइरहेको थियो।


