धनकुटामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
धनकुटा,२ माघ । धनकुटामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
आगामी निर्वाचनलाई निष्पक्ष,स्वतन्त्र र पारदर्शी रुपमा सम्पन्न गर्ने उद्देश्यले कार्यालय स्थापना गरिएको हो ।
मुख्य निर्वाचन अधिकृत तथा जिल्ला अदालत धनकुटाका न्यायधीश हरिश्चन्द्र इङनामले धनकुटा नगरपालिका ७ मा रहेको सामुदायिक भवनमा कार्यालयको उद्घाटन गरेका हुन् ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले निर्वाचन भयरहित, शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सम्पूर्ण राजनीतिक दलहरुको सहयोग आवश्यक पर्ने बताए ।
निर्वाचन प्रक्रियालाई शान्तिपूर्ण र विश्वासयोग्य बनाउन स्थानीय प्रशासन, सुरक्षानिकाय तथा सम्बन्धित निकायसँग सहकार्य गरिने मुख्य निर्वाचन अधिकृत इङनामले बताए ।


