काठमाडौ महानगर प्रहरी प्रमुख राजु पाण्डेको राजीनामा,काठमाडौं–४ बाट चुनाव लड्न तयारी
काठमाडौ । काठमाडौं महानगरपालिका प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले आफ्नो पदबाट राजीनामा दिएका छन्।
माघ ४ गतेदेखि लागु हुने गरी उनले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंसमक्ष राजीनामा बुझाएका हुन्।
आगामी फागुन २१ गते हुने आम निर्वाचनमा काठमाडौं–४ बाट चुनावी प्रतिस्पर्धामा होमिने तयारीका कारण उनले पद त्यागेको जनाइएको छ।
लामो समय महानगरको सुरक्षामा जिम्मेवारी सम्हालेका पाण्डेको राजीनामालाई राजनीतिक यात्रातर्फको औपचारिक कदमका रूपमा हेरिएको छ।


