गायिका मेनुका राई र गायक राई नबिन स्वरमा ‘उधौली र उभौली साकेला’ सार्वजनिक

विराटनगर । गायिका मेनुका राई र गायक राई नबिनको संयुक्त स्वरमा तयार गरिएको नयाँ ‘उधौली र उभौली साकेला ’ गीत सार्वजनिक भएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द र राई नबिनको संगीतमा तयार भएको उक्त गीतले किरात समुदायको मौलिक संस्कृति र परम्परालाई कलात्मक रूपमा प्रस्तुत गरेको छ।

गीतको विषयवस्तु किरात समुदायको महत्वपूर्ण चाड ‘उधौली र उभौली’सँग जोडिएको छ। उधौली र उभौली किरात समुदायले प्रकृति, भूमी र पुर्खाप्रति आस्था व्यक्त गर्दै मनाउने सांस्कृतिक विशेषतालाई गीतमा चित्रण गरिएको छ । नयाँ खेतीपाती सुरु हुनु अघि प्रकृति र देवतासँग समृद्धिको कामना गर्ने गरिन्छ । यी पर्वहरूमा साकेला नृत्य, मौलिक भेषभूषा र परम्परागत बाजागाजाको विशेष महत्वलाई गीतमा ब्यक्त गरिएको छ ।

गीतको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ राजु कार्कीले गरेका छन । ‘स्टुडियो किङ’मा रेकर्ड गरिएको गीतको रेकर्डिङ सुरेश पायल राईले गर्नुभएको छ भने गीतको निर्माता बिना राई रहनुभएको छ ।

गीतसँगै सार्वजनिक गरिएको भिडियोले पनि उधौली–उभौलीको सांस्कृतिक भाव, सामूहिक नृत्य र जीवनशैलीलाई जीवन्त रूपमा उतारेको छ। भिडियो निर्देशन धन खालिङले गर्नुभएको हो भने जस्केलो क्रियशनले निर्माण गरेको हो।

मौलिक संस्कृति, सशक्त शब्द र सुमधुर संगीतको संयोजनले गीतलाई विशेष बनाएको संगीतकर्मीहरूको भनाइ छ। सार्वजनिक भएसँगै गीतले श्रोतामाझ सकारात्मक प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।