यी हुन् एमालेका ११० समानुपातिक उम्मेदवार

काठमाडौं । नेकपा एमालेका समानुपातिक उम्मेदवारको सूची सार्वजनिक भएको छ । समानुपातिकतर्फ ११० जना उम्मेदवार हुन्छन् ।

एमालेको समानुपतिक सूचीमा आदिवासी जनजाति महिलातर्फ पहिलो नम्बरमा भूमिका लिम्बु सुब्बाको नाम छ । दोस्रोमा गंगादेवी श्रेष्ठ, तेस्रोमा अनिता कन्दङ्गवा र चौथोमा उषाकला राईको नाम छ ।

आदिवासी जनजाति क्लस्टर अन्तर्गत पुरुषतर्फ पहिलो नम्बरमा रामबहादुर थापा मगरको नाम छ । दोस्रोमा कुलभक्त शाक्य, तेस्रोमा बुद्धभक्त चित्रकार र चौथोमा इन्द्रबहादुर तामाङ रहेका छन् ।

खसआर्य महिलातर्फ महिलो नम्बरमा पद्मा कुमारी अर्याल, दोस्रोमा टुकाभद्रा हमाल, तेस्रोमा निरुदेवी पाल, चौथोमा कोमल वली र पाँचौंमा नर्वदा देवी सिवाकोटीको नाम छ ।

खसआर्य पुरुषतर्फ पहिलो नम्बरमा गुरुप्रसाद बराल, दोस्रोमा पुष्पराज कँडेल, तेस्रोमा गोरख बहादुर बोगटी, चौथोमा नरेशप्रसाद पोखरेल र पाँचौंमा प्रेमकुमार पराजुलीको नाम छ ।

थारु कलस्टर अन्तर्गत महिलामा मञ्जुकुमारी चौधरीको नाम पहिलो नम्बरमा छ । दोस्रोमा शान्ता चौधरीको नाम छ । तेसोमा इच्छाकुमारी चौधरी र चौथोमा अप्सादेवी चौधरीको नाम छ । थारु कलस्टरमा पुरुषतर्फ पहिलो नम्बरमा कृपाराम राना र दोस्रोमा जजिरप्रसाद चौधरी रहेका छन् ।

दलिततर्फ महिलामा पहिलो नम्बरमा विष्णुमाया विक, दोस्रोमा नीता घतानी, तेस्रोमा राधिका भुजेल, चौथोमा अञ्जु नेपालीको नाम छ ।

दलित पुरुषतर्फ जितबहादुर दर्जी गौतमको नाम पहिलो नम्बरमा छ । दोस्रोमा यमबहादुर परियार, तेस्रोमा मनोहर विश्वकर्मा पौडेल र चौथोमा निर्मल पोडे रहेका छन् ।

मधेशी महिला कलस्टरमा पहिलो नम्बरमा रिंगला यादवको नाम छ । दोस्रोमा यशोधा कुमारी, तेस्रोमा विणा कुमारी साह र चौथोमा शर्मिला कुमारीको नाम छ ।

मधेशी पुरुषतर्फ पहिलो नम्बरमा चन्द्रेश्वर मण्डलको नाम छ । दोस्रोमा अरविन्द साह, तेस्रोमा राम चरित्र साह, चौथोमा राजेश कुमार अग्रवालको नाम छ ।

मुस्लिम कलस्टर महिलामा साजिदा खातुन सिद्धिकी, रुही नाज, रोजीरन खातुनको नाम छ । मुस्लिम पुरुषतर्फ एजाज आलम र मोहम्मद हारुन हलवाई रहेका छन् ।

दलहरूले गत पुस १३ र १४ गते समानुपातिक तर्फको उम्मेदवारको सूची निर्वाचन आयोगमा पेस गरेका थिए । क्लस्टर मिलाउने र उम्मेदवारी फिर्ता लिने लगायतको कार्य सकेर उम्मेदवारको नामावली प्रकाशन भएको हो ।

प्रकाशित नामावलीउपर उम्मेदवारको योग्यताको सम्बन्धमा दावी विरोध गर्न चाहने मतदाताले यही माघ १० गतेसम्म निवेदन दिन सक्नेछन् । निर्वाचन आयोग समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भई दावी विरोध गर्नुपर्ने हुन्छ ।

प्रत्यक्ष तर्फको मनोनयन भने माघ ६ गते मंगलबार हुँदैछ ।

प्रतिनिधि सभाको निर्वाचन आगामी फागुन २१ गते हुँदैछ । समानुपातिक तर्फबाट ११० जना र प्रत्यक्ष तर्फबाट १६५ जना निर्वाचित हुन्छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖