चैनपुरको नुनढाकीमा बोलेरो गाडी दुर्घटना, मानवीय क्षति समेत
संखुवासभा । चैनपुर नगरपालिका अन्तर्गत नुनढाकी बिहिबारे नजिकै बोलेरो गाडी दुर्घटना हुँदा मानवीय क्षति भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।
दुर्घटनामा परेका घाइतेहरूलाई तत्काल उद्धार गरी चैनपुर नगर अस्पतालमा उपचारका लागि लगिएको छ।
दुर्घटनाको विस्तृत विवरण, मृतक तथा घाइतेको यकिन संख्या र दुर्घटनाको कारणबारे थप जानकारी आउन बाँकी रहेको छ।
स्थानीयबासी, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको सहयोगमा उद्धार तथा उपचार कार्य जारी रहेको जनाइएको छ।

