नेपाली कांग्रेस उर्लाबारीद्वारा १ हजार १ सदस्यीय नगरस्तरीय निर्वाचन परिचालन समिति गठन

उर्लाबारी । नेपाली कांग्रेस उर्लाबारी नगर समितीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नगरस्तरीय निर्वाचन परिचालन समिती गठन गरेको छ ।

आइतबार उर्लाबारीस्थित पार्टी प्यालेसमा सम्पन्न नगरस्तरीय बैठकले पार्टी संगठनलाई निर्वाचनमुखी बनाउँदै अभियानलाई प्रभावकारी रूपमा अघि बढाउने उद्देश्यसहित समिती गठनको निर्णय गरेको हो ।

बैठकले नेपाली कांग्रेस उर्लाबारी नगर सभापति सुरेन्द्र लिम्बुको संयोजकत्वमा निर्वाचन परिचालन समिती गठन गरेको छ ।सो समितीको सह–संयोजकमा पार्टीका महाधिवेशन प्रतिनिधी दिपेन्द्र धिमाल र सोम प्रसाद तिम्सीना (राम) चयन भएका छन् ।

त्यस्तै, सचिवको जिम्मेवारी नारायणप्रसाद आर्चायलाई दिइएको छ भने कोषाध्यक्षसहित १ हजार १ सदस्यीय नगरस्तरीय निर्वाचन परिचालन कमिटी गठन गरिएको नगर समितीले जनाएको छ ।

बैठकमा वर्तमान राजनीतिक परिस्थिति, बदलिँदो सामाजिक परिवेश र जनअपेक्षालाई मध्यनजर गर्दै नेपाली कांग्रेसले नीति र नेतृत्व दुवैमा समयसापेक्ष सुधार गर्दै चुनावी मैदानमा होमिएको निष्कर्ष निकालिएको छ ।

सोही रणनीतिअनुसार मोरङ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार खड्ग फागोलाई भारी मतका साथ विजयी गराउने लक्ष्यसहित पार्टी संगठनलाई चलायमान बनाइने जनाइएको छ ।

नगरस्तरमा गठन गरिएको निर्वाचन परिचालन समितीले टोल, वडासम्म संगठन विस्तार, मतदाता भेटघाट, घरदैलो कार्यक्रम, प्रचार–प्रसार तथा जनसम्पर्क अभियानलाई तीव्रता दिने बताइएको छ ।

बैठकमा सहभागी नेताहरूले पार्टीभित्रको एकता मजबुत बनाउँदै कांग्रेसको जित सुनिश्चित गर्न सबै कार्यकर्ता जिम्मेवारीपूर्वक परिचालित भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

त्यसैगरी, मोरङ–१ अन्तर्गत पर्ने मिक्लाजुङ, लेटाङ र केराबारी गाउँपालिकामा समेत निर्वाचन परिचालन समिती गठन गरी रणनीतिक रूपमा चुनावी अभियान सञ्चालन गरिने बैठकमा उपस्थित नेताहरुले बताएका छन् ।

नेपाली कांग्रेसले लोकतान्त्रिक मूल्य, सुशासन र विकासको एजेण्डालाई केन्द्रमा राख्दै जनताको विश्वास जित्ने दृढ संकल्पसहित निर्वाचनमा सहभागी हुने जनाएको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।