सरगम राईको ‘मगमग बसना’ सार्वजनिक

काठमाडौं । गायक सरगम राईको नयाँ गीत ‘मगमग बसना’ सार्वजनिक गरिएको छ। सरगम राईकै स्वर, शब्द र संगीतमा तयार भएको यो गीत आरजिटी फिल्मसको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

प्रेम, उत्साह र सकारात्मक भावनालाई केन्द्रमा राखेर तयार गरिएको ‘मगमग बसना’ ले दर्शक–श्रोताबाट राम्रो प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ। गीतको एरेन्जमेन्ट बादल लिम्बुले गरेका छन्।

यसअघि सरगम राईका ‘खुशी साटौँ जुनी काटौँ’, ‘माया गाढा छ’, ‘पाती चढाउँला’, ‘दुई मुटु’ लगायतका गीतहरू लोकप्रिय रहेका छन्।

गीतको म्युजिक भिडियोको छायांकन दिनेश पराजुलीले गरेका हुन् भने सम्पादन विकास दाहालले गरेका छन्। भिडियोको कथा तथा निर्देशन सोनम पाख्रिनले गरेका हुन्। म्युजिक भिडियोमा कलाकार बुद्धि तामाङ, बेदना राई र राज दोङको अभिनय देख्न सकिन्छ।

‘मगमग बसना’ को म्युजिक भिडियो आरजिटी फिल्मसको युट्युब च्यानलमा हेर्न सकिनेछ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।