एनसेलले थ्रीजी बन्द गर्दै, ‘भोल्टे’ सेवाको फाइदा लिन ग्राहकहरूलाई आग्रह

काठमाडौ । नयाँ प्रविधि अपनाउने र सेवामा स्तरोन्नती गर्ने आफ्नो योजना अनुरुप एनसेलले कोशी प्रदेशका विभिन्न स्थानमा थ्रीजी सेवा बन्द गर्ने भएको छ । कम्पनीको यो कदम ‘भोइस ओभर लङ्ग टर्म एभोल्युसन’ (भोल्टे) प्रविधिसँगै फोरजी नेटवर्कलाई झन् बलियो बनाउँदै भविष्यको फाइभजी नेटवर्कका लागि आधार तयार गर्ने तर्फ लक्षित छ ।

देशैभर फोरजी नेटवर्क विस्तार भइरहेको अवस्थामा थ्रीजी नेटवर्क बन्द हुनुले अझ उन्नत प्रविधिको प्रयोगसँगै ग्राहकहरूलाई भ्वाइस अनि डेटामा झन् गुणस्तरीय कनेक्टिभिटीको अनुभूति गराउने छ । योसँगै थ्रीजीमा आधारित भोइस सेवाहरू अब फोरजीमा आधारित भोल्टेमा सारिनेछ ।

एनसेलले गत वर्ष घोषणा गरिएअनुसारै देशभर चरणबद्ध रूपमा थ्रीजी सेवा बन्द गर्ने योजना कार्यान्वयन गर्ने बताएको छ । माघ २२ गते एनसेलले कोशी प्रदेशका झापा, धनकुटा र तेह्रथुम जिल्लाका विभिन्न स्थानिय तहहरूमा थ्रीजी सेवा बन्द गर्दैछ । कम्पनीले यी क्षेत्रमा बसोबास गर्ने ग्राहकहरूलाई एनसेलको भोल्टे सेवा लिनका लागि आग्रह गरेको छ ।

भोल्टे प्रविधिमा उच्च गुणस्तरको भ्वाइस कल सेवा हुन्छ भने र फोन सम्पर्क पनि तुलनात्मक रुपमा छिटो समयमा नै स्थापित हुन्छ । ग्राहकहरूले गुणस्तरीय भ्वाइस कल अनि फोरजी डेटा उही शुल्कमा प्रयोग गर्न सक्नेछन् । *१२३*११# डायल गरी भोल्टे सेवा सक्रिय गर्न सकिन्छ। भोल्टे सक्रिय भएपछि ग्राहकहरुले आफ्नो मोबाइल फोनको भोल्टे सेटिङ्मा भोल्टे अन गर्नुपर्ने हुन्छ ।

आफ्नो फोरजी नेटवर्क मार्फत एनसेलले देशैभर भोल्टे सेवा प्रयोगमा ल्याइसकेको छ । भोल्टे प्रविधिको लाभ उठाउन फोरजी चल्ने मोबाइल फोन, फोरजी सीमकार्ड वा इ–सिम अनि फोरजी नेटवर्क उपलब्ध स्थानको आवश्यकता पर्दछ । कुन कुन मोबाइल फोन ब्रान्ड अनि मोडलमा यो सेवाको उपभोग गर्न सकिन्छ अनि कसरी भोल्टे सेवा सक्रिय गर्न सकिन्छ लगायतका जानकारी एनसेलको वेबसाइट अनि एनसेल एप मार्फत प्राप्त गर्न सकिन्छ ।

भोल्टे मार्फत ग्राहकहरूले गुणस्तरीय भ्वाइस कलको मजा लिन सक्छन् । साथै एकै समयमा ग्राहकहरूले भ्वाइसका साथै मोबाइल ब्रोडब्याण्ड सेवा हालकै शुल्कमा प्रयोग गर्न सक्छन् । एनसेलको फोरजी कभरेज देशभर झन्डै ९५ प्रतिशत जनसंख्यामाझ पुगिसेकको छ र यही अनुसार भोल्टे सेवा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।