धादिङमा दुई बस ठोक्किँदा एक जनाको मृत्यु
धादिङ । धादिङको १० किलो क्षेत्रमा काठमाडौँबाट त्रिशुलीतर्फ जाँदै गरेको बस र दाङबाट काठमाडौँ आउँदै गरेको अर्को बस आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
दुर्घटनामा परेर दर्जनौँ यात्रु घाइते भएका छन्।
दुर्घटनाका कारण सडकछेउको एक घरसमेत भत्किएको छ। घाइतेहरूको स्थानीयबासी, सुरक्षाकर्मी तथा उद्धारकर्मीको सहयोगमा उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ। हाल घटनास्थलमा उद्धार कार्य जारी रहेको छ।
दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

