भोक र ऋणको भारले थिचिएकी सम्झना : प्रहरीको खाद्यान्न सहयोगले झारिन् आँसु
सल्यान । सल्यान जिल्ला शारदा नगरपालिका–३ रातमाटेकी सम्झना रोका बुढाथोकीका श्रीमान पाँच वर्षदेखि प्यारालाइसिसबाट ग्रसित थिए।
लामो समयसम्म उपचार गराउँदा-गराउँदै करिब एक वर्षअघि उनको नि’धन भएको थियो।उपचारमा लागेको ऋण तिर्न र चार सन्तानको पालनपोषण गर्न सम्झना हाल ज्याला मजदुरी गर्दै जीवन चलाइरहेकी छन्।
उनका सन्तानमध्ये एक जना सुस्त मनस्थितिका छन् भने कहिलेकाहीँ खाद्यान्न अभावका कारण भोकै सुत्नुपरेको पीडा उनले व्यक्त गरिन्। घरमा खाने चामलसमेत नभएको अवस्था बारे जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय सल्यानले खाद्यान्न सहयोग उपलब्ध गराएको हो।
प्रहरी टोलीले घरमै पुगेर खाद्यान्न हस्तान्तरण गरेको थियो। सहयोग पाउँदा सम्झना भावुक हुँदै धरधरी रोइन्।


