विराटनगरबाट कपडा लोड गरिएको दुईवटा ट्रक नियन्त्रणमा
विराटनगर । कपडा लोड गरिएको दुईवटा ट्रकलाई प्रहरीले विराटनगरबाट नियन्त्रणमा लिएको छ।
भन्सार एवं राजस्व छलीको आशंकामा ट्रक नियन्त्रणमा लिइएको हो। रानी-रोडशेष सडक खण्डअन्तर्गत विराटनगर महानगरपालिका-१४ नेपाल टेलिकम अगाडिबाट चालकसहित ट्रक नियन्त्रणमा लिएर अनुसन्धानको दायरामा ल्याइएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी हरिनन्दन चौधरीले बताए।
उनका अनुसार भारतबाट नेपाल प्रवेश गरेका प्र ३-०१-००५ ख ९४२५ र प्र ३-०१-००६ ख १३०८ नम्बरको ट्रक नियन्त्रणमा लिइएको हो।


