धनकुटाको सांगुरीगढी स्थित श्री सिंहकाली माध्यमिक विद्यालयमा अभिभावक शिक्षा प्रशिक्षण कार्यक्रम सम्पन्न

हिराराज राई,धनकुटा । धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका वडा नं. ९ आहालेमा अवस्थित श्री सिंहकाली माध्यमिक विद्यालयले अभिभावक शिक्षा प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र कुमार राईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र राई प्रमुख अतिथि तथा उपाध्यक्ष मुना राई विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। त्यसैगरी योजना शाखा प्रमुख दोर्ण बहादुर राई, ९ नम्बर वडाध्यक्ष जीत बहादुर राई, सञ्चारकर्मी हिराराज राई, शिक्षक–शिक्षिका, अभिभावक तथा स्थानीय समुदायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा धरान मोडल कलेजका प्राध्यापक तथा अभिभावक शिक्षा प्रशिक्षक मोहन श्रेष्ठ, महेन्द्र बहुमुखी क्याम्पस धरानका उपप्राध्यापक डा. जीवन कुमार राई लगायतका विज्ञ प्राध्यापकहरूले अभिभावकको भूमिका, बालबालिकाको समग्र विकास, विद्यालय–अभिभावक समन्वय र गुणस्तरीय शिक्षाका विषयमा प्रशिक्षण तथा सहजीकरण गर्नुभएको थियो। प्रशिक्षणबाट अभिभावकहरूमा शैक्षिक सचेतना वृद्धि हुनुका साथै बालबालिकाको सिकाइ उपलब्धि सुधार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको थियो।

सो अवसरमा अध्यक्ष कोष अमलश्वरी–बाँचेदास राई प्रतिष्ठानद्वारा विद्यालयलाई एक थान पोडियम (लेक्टर्न) सहयोगस्वरूप प्रदान गरिएको थियो। उक्त सामग्री डा. जीवन कुमार राईमार्फत विद्यालय प्रशासनलाई हस्तान्तरण गरिएको हो। विद्यालयले प्राप्त सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै यसले शैक्षिक तथा अतिरिक्त क्रियाकलाप सञ्चालनमा सहजता ल्याउने जनाएको छ।

कार्यक्रमको समापनमा विद्यालय परिवारले यस्ता अभिभावक शिक्षा कार्यक्रमहरू आगामी दिनमा पनि निरन्तर सञ्चालन गरी विद्यालय र समुदायबीचको सहकार्य अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको थियो।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।