ताप्लेजुङको नाल्बूमा जारी पुरूष फुटबल प्रतियोगिता : लिङतेप, हाङपाङ र आयोजक क्वाटर फाइनलमा प्रवेश

ताप्लेजुङ, माघ २७ गते । स्वर्गीय सुक बहादुर र मनमाया नाल्बो स्मृति वडा स्तरीय पुरूष फुटबल प्रतियोगितामा लिङतेप, हाङपाङ र आयोजक निलो क्वाटर फाइनलमा प्रवेश गरेको छ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–६ नाल्बुमा जारी उक्त प्रतियोगितामा लिङतेप र आयोजक निलोले नेट बल मार्फत क्वाटर फाइनल प्रवेश गरेको हो ।

नाल्बो लिम्बू समाजको आयोजना सञ्चालन भएको खेल तालिकामा तोकिएको समयमा फक्ताङलुङ–४ इखाबु खेल मैदानमा उपस्थित नभए पछि लिङतेपले नेटबल मार्फत अघि बढ्ने मौका पाएको हो । यस्तै मिक्वाखोला–१ खोक्लिङ पनि निर्धारित समयमा नआए पछि आयोजक निलोले नेट बल मार्फत क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

यता हाङपाङले मेरिङदेन–५ थुकिमालाई ४–० गो अन्तरले पराजित गर्दै क्वाटर फाइनल प्रवेश गरेको छ । यस्तै आज प्रि–क्वाटरका बाकी ४ खेल सञ्चालन हुने नाल्बो लिम्बू समाजका सचिव योगेन नाल्बो लिम्बूले जानकारी दिनुभएको छ ।

आज हुने पहिलो खेलमा आयोजक सेतो र फालेलुङ–६ पाँचथरबिच प्रतिस्पर्धा हुनेछ । फागुन १ गते सम्म सञ्चालन हुने प्रतियोगिताअन्तर्गत पुरुषतर्फ विजेताले नगद २ लाख १ हजार रुपैयाँ र उपविजेताले १ लाख १ हजार रुपैयाँ प्राप्त गर्ने छन् । त्यस्तै महिलातर्फ विजेताले ५१ हजार १ सय रुपैयाँ र उपविजेताले ३१ हजार १ सय रुपैयाँ पुरस्कार पाउनेछन् ।

आयोजकका अनुसार पुरुष फुटबलतर्फ सेमिफाइनलमा पुग्ने दुई टिमलाई नगद १० हजार रुपैयाँ प्रोत्साहन रकम प्रदान गरिनेछ । साथै, हरेक खेलको म्यान अफ द म्याचलाई एक हजार रुपैयाँ दिइनेछ ।

विधागततर्फ उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट गोलकिपर तथा सर्वोत्कृष्ट खेलाडीलाई जनही दुई हजार रुपैयाँ पुरस्कार प्रदान गरिने समाजले जनाएको छ।-रेडियो काबेली

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।