भारतको मेघालय कोइलाखानी विष्फोटमा खोटाङका चार जनाको मृत्यु, गाउँ नै शोकमा

खोटाङ । भारतको मेघालयस्थित पूर्वी जयन्तिया हिल्समा रहेको कोइलाखानीमा भएको भीषण विस्फोटमा ज्यान गुमाउने नेपालीहरूको संख्या चार पुगेको छ ।

विस्फोटपछि बेपत्ता भएका खोटाङका ५० वर्षीय रत्न राईको शव पहिचान भएसँगै मृतक नेपालीको संख्या थपिएको हो ।

हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम जोरकाफलका राईको शव अस्पतालमा जलेको अवस्थामा फेला परेको थियो । शरीरको बनोटका आधारमा आफन्तले उनको पहिचान गरेका हुन् ।गत असोज ९ गते रोजगारीको खोजीमा मेघालय पुगेका राईको मृत्युको खबरले उनको परिवार र सिंगो गाउँ शोकमा डुबेको छ । घरमा उनका छोराहरूले माघ २५ गतेदेखि नै काजकिरिया सुरु गरिसकेका छन् ।

यसअघि सोही विस्फोटमा परी खोटाङको बराहपोखरी गाउँपालिका–१ सालघारीका तीन जनाको मृत्यु भइसकेको छ । ज्यान गुमाउनेमा २७ वर्षीय पूर्णबहादुर खपाङ्गी, २४ वर्षीय सुरेन्द्र खपाङ्गी र ३५ वर्षीय नरबहादुर खपाङ्गी छन् ।

मृतक पूर्णबहादुर र सुरेन्द्र एउटै घरका दाजुभाइ हुन् । माघ २२ गते भएको विस्फोटमा पूर्णबहादुर र सुरेन्द्रको घटनास्थलमै र नरबहादुरको उपचारका क्रममा भोलिपल्ट मृत्यु भएको थियो ।विस्फोटमा ज्यान गुमाएका खपाङ्गी त्रयको गत माघ २६ गते शिलाङको झालुपारामा दाहसंस्कार गरिएको छ ।

मृतकका आफन्त प्रकाश खपाङ्गी मगरका अनुसार शव नेपाल ल्याउनका लागि नेपाल सरकारका तर्फबाट कुनै पहल वा सहयोग प्राप्त नभएपछि बाध्य भएर परदेशमै अन्तिम संस्कार गरिएको हो ।

सोही विस्फोटमा परेर बराहपोखरीकै ४६ वर्षीय कर्णबहादुर खपाङ्गी, ४० वर्षीय बमबहादुर खपाङ्गी र उदयपुर साउनेका ४० वर्षीय ललित मगर गम्भीर घाइते भएका छन् ।उनीहरू गत पुस ३ गते मात्र कामको खोजीमा त्यहाँ पुगेका थिए ।

अवैध रूपमा सञ्चालित भनिएको उक्त कोइलाखानीमा भएको शक्तिशाली डाइनामाइट विस्फोटमा अझै दर्जनौँ कामदारहरू फसिरहेको अनुमान गरिएको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।