रास्वपाका वडा सभापति सहितका नेता कांग्रेसमा प्रवेश

रुकुम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ११ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वडा सभापति नवराज वली नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै कांग्रेस उम्मेदवार राजु केसीसहितको घरदैलो अभियानका क्रममा काफलबोटमा आयोजित कार्यक्रममा वलीसहित तीन जना नेता कांग्रेसमा प्रवेश गरेका हुन्।

कांग्रेसमा प्रवेश गर्नेमा रास्वपाका वडा सभापति नवराज वलीसँगै नेपाल कम्युनिष्ट पार्टीका लोकबहादुर खड्का र तिलक रोकाय रहेका छन्। नवप्रवेशी तीनै जनालाई उम्मेदवार केसीले फूलमाला र अबिर लगाएर पार्टीमा स्वागत गरेका थिए। उक्त जानकारी नेपाली कांग्रेस सानीभेरी गाउँपालिकाका उपसभापति सम्राट क्षेत्रीले दिएका छन्।

पार्टी प्रवेशपछि नवराज वलीले जनताको अपेक्षा अनुसार काम गर्न सक्ने सक्षम र जिम्मेवार नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै आफूले नेपाली कांग्रेस रोजेको बताए। विकास, सुशासन र लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणका लागि कांग्रेस नै उपयुक्त शक्ति भएको उनको भनाइ छ।

नवप्रवेशी नेताहरूले आगामी निर्वाचनमा कांग्रेस उम्मेदवारलाई विजयी गराउन सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार राजु केसीले विभिन्न दल परित्याग गरी कांग्रेसमा प्रवेश गर्ने क्रम बढ्दै गएको बताउँदै यसले कांग्रेसप्रतिको जनविश्वास अझ मजबुत भएको दाबी गरे। समावेशी विकास, रोजगारी सिर्जना, पूर्वाधार विस्तार र सुशासन आफ्नो प्रमुख प्राथमिकता रहेको केसीको भनाइ छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।