कागजमा होइन, अनुभूत हुने विकास मेरो लक्ष्यः कुशल लिम्बू

मोरंग । मोरङ क्षेत्र नं. १ बाट नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधिसभा सदस्य उम्मेद्वार कुशल लिम्बूले कागजी योजनाभन्दा जनताले प्रत्यक्ष अनुभूति गर्ने विकास आफ्नो मुख्य लक्ष्य रहेको बताएका छन् ।

घरदैलो तथा भेटघाट कार्यक्रममा सक्रिय लिम्बूले गाउँ–गाउँमा राज्यको पहुँच पुर्याउने र मोरङ–१ लाई अग्रगतितर्फ लैजाने स्पष्ट संकल्प व्यक्त गरेका छन् ।

बुधबार लिम्बूसहित समानुपातिक उम्मेद्वार ममता राजवंशी तथा पार्टीका नेता–कार्यकर्ताले उर्लाबारी–५, ६ र ७ का विभिन्न क्षेत्रमा घरदैलो तथा भेटघाट कार्यक्रम सञ्चालन गरेका छन् । सो क्रममा स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै उनीहरूले मतदातासँग समर्थन र सहयोगको अपिल गरेका थिए।

उम्मेद्वार लिम्बूले मतदातालाई तारा चिन्हमा मतदान गर्न आग्रह गर्दै भने, “तपाईंहरूले दिएको विश्वास मेरो शक्ति हो । त्यो विश्वास म कहिल्यै टुट्न दिने छैन ।” उनका अनुसार अहिले मोरङ–१ लाई नेता मात्र नभई जनताको पीडा बुझ्ने जिम्मेवार प्रतिनिधि आवश्यक रहेको छ ।

लिम्बूले मोरङ–१ को दीर्घकालीन विकासका लागि रोजगारी सिर्जना, आधारभूत पूर्वाधार विस्तार, शिक्षा तथा स्वास्थ्य सेवामा पहुँच वृद्धि आफ्नो प्राथमिकतामा रहेको उल्लेख गरे ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।