विराटनगरमा बाख्राको मासु बिक्री गर्ने दुई पसलमाथि कारबाही

विराटनगर । उपभोक्तालाई झुक्याउँदै खसीको नाममा बाख्राको मासु बिक्री गर्ने दुई पसलमाथि विराटनगर महानगरपालिकाले कारबाही प्रक्रिया अघि बढाएको छ । देवकोटा चोकस्थित मासु पसलहरूमा गरिएको अनुगमनका क्रममा यस्तो अनियमितता फेला परेको हो ।

महानगरको कृषि तथा पशुपंक्षी शाखा र नगर प्रहरीको संयुक्त टोलीले प्राप्त गुनासोका आधारमा छड्के अनुगमन गरेको थियो । अनुगमनका क्रममा खसीको पहिचान चिन्ह नभएको मासु बिक्रीका लागि राखिएको भेटिएपछि परीक्षण गर्दा बाख्राको मासु बिक्री भइरहेको पुष्टि भएको महानगरले जनाएको छ ।

उपभोक्तालाई खसीको मासु भन्दै फरक प्रकृतिको मासु बिक्री गरी ठगी गरिएको ठहर गर्दै गाउँले मिट पसल र खान पसलविरुद्ध प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको कृषि तथा पशुपंक्षी शाखाका संयोजक हीरालाल यादवले जानकारी दिए । अनुगमन टोलीमा नगर प्रहरी प्रमुख राजन पौडेलसहितको सहभागिता रहेको थियो ।

टोलीले अवैध रूपमा बिक्रीका लागि राखिएको मासु जफत गरी नष्ट गरेको छ । महानगरले उपभोक्ता संरक्षण र खाद्य स्वच्छता सुनिश्चित गर्न नियमित तथा आकस्मिक अनुगमनलाई निरन्तरता दिँदै आएको जनाएको छ ।

महानगरले मासु व्यवसायीलाई प्रचलित मापदण्ड पालना गर्न तथा उपभोक्तालाई कुनै पनि शंकास्पद गतिविधि देखिएमा जानकारी गराउन आग्रह गरेको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।